
एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले मलेसियाको सामना गर्ने
काठमाडौँ, १३ भदौ । एसियाली क्रिकेट परिषद् १९ वर्षमुनि (एसिसी यु–१९) उमेर समूहको प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गतको तेस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा नेपालले भोलि आयोजक मलेसियाको सामना गर्नेछ । जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।
नेपालले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै संयुक्त अरब इमिरेट्स (युएई) लाई १४९ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेल चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।
प्रतियोगितामा नेपाल दुई अङ्कका साथ लिगको तेस्रो स्थानमा छ भने मलेसिया चार अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । विभिन्न छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा समान ४ अङ्क नै रहेको अफगानिस्तान भने रनरेटको आधारमा पहिलो स्थानमा छ ।
त्यसैगरी दुई अङ्क जोडेको युएई भने रनरेटका आधारमा चौथो स्थानमा छ भने कुबेत र साउदी अरब भने प्रतियोगितामा अङ्कविहीन छन् । प्रतियोगितामा शीर्ष तीनभित्र पर्ने टोली यु–१९ एसिया कप प्रतियोगिताको लागि छनोट हुनेछन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई