
बनेपा, १२ भदौ । पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले आज काभ्रेपलाञ्चोकमा स्थापना भएको धुर्मुस–सुन्तली एकीकृत नमुना बस्तीबारे जानकारी लिनुभएको छ ।
पाँचखाल नगरपालिका–१६ मा रहेको सो बस्तीको अवधारणा, ढाँचा, बनावट र निर्माण सामग्री आदिबारे जानकारी लिँदै उहाँले भौगोलिक बनावटका आधारमा सो नमुना एकीकृत बस्ती बसाउने क्रममा प्रयोग गर्न सकिने बताउनुभयो ।
कलाकार सीताराम कट्टेल (धुर्मुस)ले आफ्नो नमुना सरकारले लागू गरे सफलता हुने बताउनुभयो । कलाकार कुञ्जना घिमिरे (सुन्तली)ले सरकारका हरेक अभियानमा साथ दिन आफूहरु तयार भएको बताउनुभयो ।
सरकारले एकीकृत बस्तीको खाका नबनाउँदै ‘मेरी बास्सै’ र ‘भद्रगोल’का कलाकार र ‘सगुनडटकम’का टोलीले पाँचखाल पहरी गाउँमा एकीकृत नमुना बस्ती बसाएको थियो । पहरीगाउँमा एकै थरिका घरभित्र शौचालय भएको बगैँचासहितको तीनकोठे २० पक्की घर छन् । प्रत्येक घरका लागि खानेपानी, धारा र बस्तीमा पाँच बायोग्यास प्लान्ट जडान गरी सबै घरमा व्यवस्थित गरिएको छ । घरमा डिसहोमसमेत जडान गरिएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने