
बनेपा, १२ भदौ । पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले आज काभ्रेपलाञ्चोकमा स्थापना भएको धुर्मुस–सुन्तली एकीकृत नमुना बस्तीबारे जानकारी लिनुभएको छ ।
पाँचखाल नगरपालिका–१६ मा रहेको सो बस्तीको अवधारणा, ढाँचा, बनावट र निर्माण सामग्री आदिबारे जानकारी लिँदै उहाँले भौगोलिक बनावटका आधारमा सो नमुना एकीकृत बस्ती बसाउने क्रममा प्रयोग गर्न सकिने बताउनुभयो ।
कलाकार सीताराम कट्टेल (धुर्मुस)ले आफ्नो नमुना सरकारले लागू गरे सफलता हुने बताउनुभयो । कलाकार कुञ्जना घिमिरे (सुन्तली)ले सरकारका हरेक अभियानमा साथ दिन आफूहरु तयार भएको बताउनुभयो ।
सरकारले एकीकृत बस्तीको खाका नबनाउँदै ‘मेरी बास्सै’ र ‘भद्रगोल’का कलाकार र ‘सगुनडटकम’का टोलीले पाँचखाल पहरी गाउँमा एकीकृत नमुना बस्ती बसाएको थियो । पहरीगाउँमा एकै थरिका घरभित्र शौचालय भएको बगैँचासहितको तीनकोठे २० पक्की घर छन् । प्रत्येक घरका लागि खानेपानी, धारा र बस्तीमा पाँच बायोग्यास प्लान्ट जडान गरी सबै घरमा व्यवस्थित गरिएको छ । घरमा डिसहोमसमेत जडान गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा