
भारतलाई ट्राइबेकरमा पराजित गर्दै नेपाल यु–१९ च्याम्पियन ः नेपालले पहिलो पटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा उपाधि नेपालले जिते पछि विजयको खुसीसंगै सामुहीक तस्बिर खिचाउदै नेपाली फुटवल टिमका खेलाडीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ । नेपालले पहिलोपटक आयोजना भएको उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गतको उपाधि जितेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्स्को मैदानमा आज भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई नेपालले ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पहिलो उपाधिमा कब्जा जमाएको हो ।
नेपालका अनन्त तामाङ निर्णायक प्यानल्टी गोलमा परिणत गरेका थिए भने नेपाली गोलरक्षक सोजित गुरुङले भारतका तर्फबाट मोहमुद्धिनले गरेको पहिलो प्रहार रोकेका थिए ।
त्यस्तै, नेपालका तर्फबाट सबै खेलाडीले गोल गर्ने क्रममा हेमन्त थापा मगर, सुनील बल, विश्वास श्रेष्ठ र डोना थापाले प्रहार चुकाएनन् ।
यसअघि आक्रामक खेल खेलेको नेपालका लागि तेज तामाङले ३१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जन विष्टको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो ।
खेल सकिन करिब ७ मिनेट बाँकी रहँदा नेपालमा रक्षकको गल्तीको फाइदा उठाउँदै भारतले प्यानन्टी पायो । त्यसलाई सहवाजले गोल गर्दै भारतलाई खेलमा फर्काए ।
चिरपरिचित प्रतिद्वन्द्वी भारतको आजको प्रतिस्पर्धा हेर्न एमालेका अध्यक्ष केपी ओली, युवा तथा खेलकुद मन्त्री पुरुषेत्तम पौडेल, एन्फाका अध्यक्ष गणेश थापालगायतको उपस्थिति थियो ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते