
गोसाइँकुण्ड मेलामा यात्रु घटे
रसुवा (धुन्चे), १२ भदौ । जनैपूर्णिमाको अवसरमा रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड तीर्थस्थलमा लाग्ने मेला सम्पन्न भएको छ ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजीव डिएमका अनुसार यस वर्षको मेला भर्न एक हजार भक्तजन आएको अनुमान गरिएको छ ।
पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिए पनि भूकम्पका परकम्प दिनानुदिन आइरहँदा भक्तजनमाझ त्रास सिर्जना भइरहनु र अर्कोतर्फ १२ वर्षे गोदावरी मेला यसैवर्ष परेका कारण गोसाइँकुण्डका यात्रु घटेको अनुमान गरिएको छ ।
गोसाइँकुण्ड जाने भक्तजनलाई नेपाली सेना नारायण दल गण, नेपाल प्रहरी, हिमालयन उद्धार सङ्घ, जिल्ला स्वास्थ्य कार्यालय स्थानीय होटल व्यवसायी समेतका निकायले सहयोग पुरयाएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । रासस
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
फेसबुक