काठमाडौँ, ११ भदौ । विवादास्पद अभिव्यक्ति दिएका नेपाली काँग्रेसका सभासद् अमरेशकुमार सिंहले आज पार्टी कार्यालय सानेपा पुगी स्पष्टीकरण पत्र बुझेका छन् ।
सभासद् सिंहले कैलालीको टीकापुरमा सामाजिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिएको भन्दै काँग्रेस केन्द्रीय समितिले बुधबार सिंहसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार सिंहले पत्र बुझेको २४ घन्टाभित्र स्पष्टीकरण दिनुपर्नेछ ।
सिंहलाई मधेसी मोर्चाका नेता उपेन्द्र यादव र राजेन्द्र महतोसँगै टीकापुरमा भएको थारुहटको कार्यक्रममा स्थानीय समुदायलाई अधिकारका लागि हतियार उठाउन उक्साएको विवादास्पद अभिव्यक्ति दिएको आरोप लागेको थियो ।
त्यसको केही दिनपछि सोमबार थारु समुदायको आन्दोलनमा भड्किएको भीडले वरिष्ठ प्रहरी उपरीक्षकसहित सात जना प्रहरी र एक नाबालकको हत्या गरेको थियो ।
यसअघि काँग्रेस संसदीय दलले यसअघि सिंहसँग प्रदेश नपाए देश माग गर्दै नारा लगाएको अभिव्यक्ति भन्दै स्पष्टीकरण लिएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल