
बिहीबार भएको नेपाल र अफगानिस्तानबिचको सेमी फाइनल साफ १९ वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिप खेल । तस्बिरः प्रदीपराज वन्त,रासस
काठमाडौँ, १० भदौ । उन्नाइस वर्षमुनिको पहिलो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको भेट पक्का गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ(एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गरेपछि नेपालले भारतसँँगको भेट पक्का गरेको हो ।
आजै भएको पहिलो सेमिफाइनल खेलमा नेपालले अफगानिस्तानलाई ३–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । समूह ए को विजेता नेपालले समूह बी को विजेता भारतसँग शनिबार फाइनल खेल्नेछ ।
नेपालले समूह चरणको खेलमा भुटान र बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने भारतले अफगानिस्तान र माल्दिभ्सलाई पाखा लगाउर्दै अघिल्लो चरणमा प्रवेश गरेको थियो ।
सार्कका छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा भुटान, माल्दिभ्स, बङ्गलादेश र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार