पेरिस (फ्रान्स), ७ भदौ । फ्रान्सका राष्ट्रपति फ्रान्कोइस होल्यान्डेले सोमबार रेलमा मेसिनगनद्वारा आक्रमण गर्दै गर्दा आक्रमणकारीलाई नियन्त्रणमा लिने तीन अमेरिकी तथा एक बेलायती नागरिकलाई फ्रान्सको उच्च सम्मानबाट अभिनन्दन गर्नुभएको छ ।
साहसी रेल यात्रीहरुलाई आफ्नो एलिसी दरबारमा राष्ट्रपति आफैले स्वागत गर्नुभएको थियो । त्यसपछि उहाँहरुलाई धन्यवाद दिँदै फ्रान्सकै सबैभन्दा उच्च मानिने ‘लेजियन डी अनर’ ले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रपति होल्यान्डेले भन्नुभयो, “यो उत्सव साहसी रेल यात्रुलाई सम्मान गर्न गरिएको हो । फ्रान्सले ठूलो मानवीय क्षति हुन नदिन आफ्नो साहस प्रदर्शन गर्ने उहाँहरुलाई उच्च सम्मानद्वारा अभिनन्दन गर्दछ ”
तीन अमेरिकी, एक बेलायती नागरिकसहित रेलका यात्रुले गतहप्ता थालिस नामक एक उच्च गतिको रेल आर्मस्टर्डमबाट पेरिस जाने क्रममा फ्रान्सको आरस भन्ने ठाउँमा उक्त आधुनिक हतियारद्वारा सुसज्जित आतङ्ककारीलाई नियन्त्रणमा लिन सफल भएका थिए ।
“जीवनको पर्वाह नगरी उसलाई नियन्त्रण गरी विभत्स हत्या हुनबाट जोगाएकोमा २३–वर्षीय अमेरिकी हवाई सेना, अमेरिकी राष्ट्रिय सुरक्षाकर्मी एलेक स्कारलेट्स, र एक विद्यार्थी एन्थोनी स्याउलर तथा बेलायती चिकित्सक क्रिस नोर्मेन आतङ्ककारीलाई नियन्त्रणमा लिई बाँध्न सफल हुनुभएको थियो फ्रान्स उहाँहरुलाई उच्च सम्मानद्वारा अभिनन्दन गर्दछ ।”
उहाँहरुलाई सघाउनहुने सबैलाई म धन्यवाद दिन चाहन्छु, उहाँले भन्नुभयो । उहाँहरुको बहादुरी फ्रान्सका लागि उदाहरणीय रहने छ, राष्ट्रपतिले सम्मानपछि भन्नुभयो ।