रौतहट, ७ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको आन्दोलनको क्रममा स्थिति तनावग्रस्त भएपछि रौतहट सदरमुकाम गौरमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज दिउँसो ४ः३० बजेबाट भोलि बिहान ५ बजेसम्म गौर नगरपालिका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो ।
मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज रौतहट सदरमुकाम गौरमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले गौर नगरपालिकाको सबै वडामा लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।
आज अपराह्न बन्दकर्ताहरुले ढुङ्गामुढा गरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयको झ्यालका सिसा फुटाएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
भीडलाई तितरवितर पार्न सुरक्षाकर्मीले चार सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले पनि बन्तकर्ता सो क्षेत्रवरपर रहेकाले सुरक्षाकर्मीलाई बाक्लो मात्रामा परिचालन गरिएको छ ।
सम्भावित घटनालाई ध्यानमा राख्दै सदरमुकाम गौरका विभिन्न सरकारी कार्यालयमा सुरक्षाकर्मी परिचालन गरिएको छ । केहीबेर तनावको स्थिति सिर्जना भएता पनि सुरक्षाकर्मीले संयमताका साथ कर्तव्यपालन गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मधेसी मोर्चाको आह्वानमा महिलाले विरोध प्रदर्शन गरेको र नगरपरिक्रमापछि जम्मा भएको भीडले ढुङ्गामुढा प्रहार गरी दुई कार्यालयमा क्षति पुरयाएको प्रहरीले जनाएको छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने