काठमाडौँ, ६ भदौ । ‘चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप’मा नेपाली खेलाडी काजल श्रेष्ठ र अस्मिता खड्काले स्वर्ण पदक जितेका छन् ।
मलेसियाको सारावाकस्थित कुचिङमा आज सम्पन्न दुईदिने प्रतियोगिताको सिनियर महिला ४६ केजीमुनिको सेमिफाइनलमा काजलले ब्रुनाइकी सिटी जावानाह विन्ती मोहम्मद जिनलाई १८–१ तथा फाइनलमा इन्डोनेसियाकी रातु नातास्याललाई १४–१२ ले पराजित गर्दै स्वर्ण जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।
त्यस्तै, सोही स्पर्धाको ४९ किलो तौलमुनिको सेमिफाइनलमा अस्मिताले थाइल्यान्डकी पिलाडस्पोर्नीलाई १५–५ तथा फाइनलमा हङकङकी कोङ विङ येनलाई १३–१ ले पछि पार्दै पहिलो स्थान हात पारेकी थिइन् ।
जुनियर पुरुषको ६३ किलो तौलमुनि सुबोध खड्काले रजत जिते । क्वाटरफाइनलमा मलेसिया र सेमिफाइनलमा फिलिपिन्सका खेलाडीलाई पाखा लगाएका सुबोध फाइनलमा थाइल्यान्डका खेलाडीसँग पराजित भए । सोही स्पर्धाको ६३ किलो तौलमाथि विकेश विडारी क्वाटरफाइनलमा ब्रुनाइका खेलाडीसँग पराजित हुँदै पदकविहीन बने ।
‘पेयर पुम्से’मा पनि भाग लिएका अस्मिता र सुबोधले कुल १० अङ्कमा ६.४३ अङ्क हासिल गर्दै कास्य जितेका छन् । सिनियर महिलातर्फ अस्मिता उत्कृष्ट खेलाडीसमेत घोषित भइन् । कुल २५ निर्णायकमध्ये तीन उत्कृष्ट घोषित गरिएकामा नेपालका नोर्बु लामा पनि एकमा परेको राखेपले जनाएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते