काठमाडौँ, ६ भदौ । ‘चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप’मा नेपाली खेलाडी काजल श्रेष्ठ र अस्मिता खड्काले स्वर्ण पदक जितेका छन् ।
मलेसियाको सारावाकस्थित कुचिङमा आज सम्पन्न दुईदिने प्रतियोगिताको सिनियर महिला ४६ केजीमुनिको सेमिफाइनलमा काजलले ब्रुनाइकी सिटी जावानाह विन्ती मोहम्मद जिनलाई १८–१ तथा फाइनलमा इन्डोनेसियाकी रातु नातास्याललाई १४–१२ ले पराजित गर्दै स्वर्ण जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।
त्यस्तै, सोही स्पर्धाको ४९ किलो तौलमुनिको सेमिफाइनलमा अस्मिताले थाइल्यान्डकी पिलाडस्पोर्नीलाई १५–५ तथा फाइनलमा हङकङकी कोङ विङ येनलाई १३–१ ले पछि पार्दै पहिलो स्थान हात पारेकी थिइन् ।
जुनियर पुरुषको ६३ किलो तौलमुनि सुबोध खड्काले रजत जिते । क्वाटरफाइनलमा मलेसिया र सेमिफाइनलमा फिलिपिन्सका खेलाडीलाई पाखा लगाएका सुबोध फाइनलमा थाइल्यान्डका खेलाडीसँग पराजित भए । सोही स्पर्धाको ६३ किलो तौलमाथि विकेश विडारी क्वाटरफाइनलमा ब्रुनाइका खेलाडीसँग पराजित हुँदै पदकविहीन बने ।
‘पेयर पुम्से’मा पनि भाग लिएका अस्मिता र सुबोधले कुल १० अङ्कमा ६.४३ अङ्क हासिल गर्दै कास्य जितेका छन् । सिनियर महिलातर्फ अस्मिता उत्कृष्ट खेलाडीसमेत घोषित भइन् । कुल २५ निर्णायकमध्ये तीन उत्कृष्ट घोषित गरिएकामा नेपालका नोर्बु लामा पनि एकमा परेको राखेपले जनाएको छ ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर