
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बङ्गलादेशका लागि रोहित सरकारले ४१ औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो गोल मनाफ रब्बीले ४३ औँ मिनेटमा गरे । पहिलो हाफमा २–० ले अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा गोल गर्न सकेन ।
समूहको दोस्रो खेल खेलेको भूटानको यो लगातार दोस्रो हार हो । यसअघि उद्घाटन खेलमा भूटान नेपालसँग ३–० ले पराजित भएको थियो ।
समूहको विजेताका लागि आगामी सोमबार नेपाल र बङ्गलादेशबीचको खेलले निर्धारण गर्छ । अहिले नेपाल र बङ्गलादेश समान तीन÷तीन अंकमा छन् र दुवैको गोल अन्तर पनि समान रहेको छ । आजको खेलपछि समूह ‘ए’बाट नेपाल र बङ्ंगलादेशले सेमिफाइलनको यात्रा तय गरेका छन् ।
आइतबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । अफगानिस्तानले यसअघि शुक्रबार भएको खेलमा माल्दिभ्सलाई ३–१ ले पराजित गरेको छ भने भारतको यो पहिलो खेल हुनेछ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ