लन्डन । प्रत्येक दुई बर्षमा बेलायतमा हुने नेवारहरुको भेला तयारी पुरा भएको छ । मूल आयोजक समितिका संयोजक सुदर्शन श्रेष्ठका अनुसार, बिभिन्न उपसमितिले आ-आफ्नो जिम्मेवारी अनुसारको पूर्ण तयारी गरिसकेका छन् ।
आफ्नो मौलिक संस्कृतिको प्रबर्द्धन तथा सम्बर्द्धन गर्ने उद्देश्यले प्रत्येक २-२ बर्षमा गरिदै आएको चौथो बृहत नेवा: मुना आगामी शनिवार २९ अगष्ट रिडिंगमा हुने भएको हो ।
नेवारी कला-संस्कृति प्रदर्शन साथै परम्परागत नेवारी खाना समेत विशेष ब्यबस्था गरिएको सो मुनाको लागि लोकप्रिय गायक बिबेक श्रेष्ठ सहभागी हुने छन् । बिबेक श्रेष्ठसंगै अर्का चर्चित गायक योगेश्वर अमात्यको समेत सहभागिता रहने सो कार्यक्रममा प्रदर्शन गरिने सांस्कृतिक कार्यक्रमको संयोजन गरिरहेका शुशिल प्रजापतिका अनुसार मुनामा मन्जुश्री नृत्य, लाखे नाच, ख्याक, धिमे बाजा, ध बाजा, मस्केड भैरब गुन्न नाच, मस्केड लाखें वो चुम्पका नाच, देवी प्याखं, मस्केड ख्याक नाच, पुलुकिसी प्याख, सपरु प्याखं (घिन्तांग घिसि प्याखं) नेवारी गीत तथा नेपाली नृत्यहरु राखिएको छ ।
कार्यक्रममा नेवार समुदायबाट शैक्षिक, ब्यबसायिक क्षेत्रमा सफलता हासिल गरेका प्रतिभाहरुलाई सम्मान गरिने सम्मान उप-समितिका संयोजक यादव श्रेष्ठले बताए । स्थानीय सांसद, मेयर, काउन्सिलर, बिभिन्न संघ-संस्थाहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहने सो कार्यक्रमको प्रमुख आतिथ्यता बेलायतस्थित कार्यवाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीबाट हुने पासा पुचः गुथी, यूकेका महासचिव शिवजी श्रेष्ठले बताए ।
नेपालमा भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा सहयोग पुर्याउने लक्ष राखिएको सो कार्यक्रमको बेलायतस्थित नेवार समुदायले अधैर्यसाथ प्रतीक्षा गरिरहेको पासा पुचः गुथीका केन्द्रिय सदस्य ओजेश सिंह डंगोलले बताए ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]