लन्डन । मिस यूके नेपाल २०१४ का सुन्दरीहरुले शुक्रबार भूकम्पबाट पीडित नेपाली वालवालिकाको सहयोगार्थ एक च्यारिटी कार्यक्रम गरेका छन् ।
२१ अगष्ट निरमाया रोधीघर अल्डरसटमा आयोजित उक्त कार्यक्रम मिस यूके नेपाल २०१४ निया देवान, सुस्मिता थापा र मिस यूके नेपाल आयोजक संस्था इभेन्ट एण्ड आइडियाज्की निर्देशक शान्ति गुरुङको पहलमा भएको हो ।
कार्यक्रमबाट करिब ७ सय पाउण्ड संकलन भएको मिस यूके नेपाल २०१४ निया देवानले जनाइन् ।
‘हामीले सोचेभन्दा सफल भयो कार्यक्रम’, नियाले खुशी हुंदै भनिन्, ‘अब छिट्टै म आफैं नेपाल गएर पीडितलाई रकम हस्तान्तरण र स्वयंसेवा पनि गर्ने योजना छ ।’
‘होप फर नेपाल’ नामको उक्त च्यारिटी कार्यक्रममा हाल बेलायत रहेकी चर्चित लोकदोहोरी गायिका मन्जु पौडेल र विजय अनि प्रितीको जोडीले गीत सुनाएर भरपुर मनोरन्जन दिएका थिए ।
कार्यक्रममा टिकेट बिक्री र श्रीयाज् फेसनले प्रायोजन गरेको ज्वेलरी बक्स् अक्सनमा राखेर रकम उठाइएको थियो ।
कार्यक्रममा समाजसेवी नेपालीको उत्साहजनक सहभागिता थियो ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा