नेपाली दिदीबहिनीहरुले महिनौंदेखि प्रतीक्षा गर्ने लोकप्रिय चाड तीज अघि रेडिङमा नयाँ गहना पसल कोहिनुर ज्वेलर्स खुलेको छ।
युवा व्यवसायी सुजीत श्रेष्ठ र रमेश विश्वकर्माद्वारा ३०२ अक्सफोर्ड रोड RG30 1AD रेडिङमा खोलिएको नयाँ पसल कोहिनुर ज्वेलर्सको यसै महिनाको शुरुमा काउन्सिलर विष्णु गुरुङ तथा रेडिङ नेपाली समाजका अध्यक्ष मानबहादुर गुरुङद्वारा संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो। उहाँहरुले बेलायतमा बसोबास गरिरहेका नेपालीहरुले विभिन्न व्यवसायमा हात हालिरहेकोमा खुसी व्यक्त गर्दै युवा व्यवसायीद्वयले शुरु गरेको पसलको सफलताको कामना पनि गर्नुभयो।
सो अवसरमा बोल्दै व्यवसायीद्वय सुजीत श्रेष्ठ र रमेश विश्वकर्माले आफुहरु व्यवसायीमात्र नभएर गत १५ वर्ष देखिको अनुभवको आधारमा ग्राहकहरुको चाहना अनुसारको गहना डिजाइन गर्न, छिटो छरितो तयार गर्न र स्तरीय सेवा दिन अन्य व्यवसायी भन्दा धेरै सक्षम रहेको बताए । उनीहरुले आफ्नो पसलमा ग्राहकहरुले सस्तो, भरपर्दो, छिटो र गुणस्तरीय सेवा पाउने बताए ।
उनीहरुले ग्राहकहरुलाई आवश्यक पर्ने सम्पूर्ण गरगहना एकै स्थानबाट प्राप्त हुनेगरी सुविधा दिन आफुहरु प्रयत्नशील रहने र समय समयमा ग्राहकहरुको मागलाई केन्द्रमा राखेर अरु प्रतिस्पर्द्धी सेवा दिने पनि बताए ।
कोहिनुर ज्वेलर्सको फेसबुक पेज www.facebook.com/pages/kohinoor-jewellers तथा फोन नं 01189502286 र www.kohinoorjewellers.co.uk मार्फत यसका डिजाइनका गहनाहरु हेरेर आफ्नो चाहना अनुसार कस्टमाइज गरे अर्डर गर्न सकिने पनि सन्चालकहरुले बताएका छन्।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण