मैले चिनेको मुछेत्र गुरुङ

muchhetra front

मुछेत्र गुरुङ

एनआरएनए यूकेमा केही समय देखि नयां पदाधिकारी चयनका लागि निक्कै रस्साकसी सुरु भएको छ । २ लाख भन्दा बढी यूकेवासी नेपालीका लागि यो चुनावी माहोल हेर्दा देखिने र बुझिने हरेक कोणबाट उत्तिकै महत्वका साथ आ-आफ्ना दृष्टि घुमाउनु स्वाभाविक हो । किनकि  स्वाभाविक रुपमा जन्म थातथलो छाडेर आइसकेपछि  आफूले कर्म थलोमा निर्वाह गर्ने  भूमिका भनेको सबैलाई एक नयां चुनौती  हुन्छ नै । विभिन्न पेशा, ओहोदा  र अवस्थामा रहेका नेपालीका आ-आफ्नै समस्या र गुनासाहरु छन् । भिन्न अवस्था, भिन्न प्रक्रिया र भिन्न परिवेशमा रहेका नेपालीका समस्या पनि त्यसरी नै त्यस्तै किसिमका रंगिन हुन्छ नै । त्यस्तो कठिन परिस्थितिमा आफ्ना समस्या र गतिविधिलाई सहज र सरल तरिकाले  समाधान गर्न गराउन कुनै व्यक्तिले एकलभन्दा वैधानिक संघ संगठनबाट आफ्ना  समस्याको समाधानको चाहना राख्छ । त्यसैले त्यस्ता चाहना को को कसले कसरी पूरा गर्छ भन्ने कुरामा त्यस्ता व्यक्तिलाई हरेक व्यक्तिले आफू र आफ्ना समाजको अगुवाको रुपमा अगुवाई गर्ने सवल नेतृत्व खोज्छ नै ।

प्रसङ्ग एनआरएनए यूकेको हुन गैरहेको नयां निर्वाचन नै हो । यो निर्वाचनमा उठ्ने हरेक व्यक्ति र समूहले गर्ने र भन्ने पनि यहीँ रहेका नेपाली मूलका बेलायतीहरुका सबै सुख र दुखमा मन वचन र कर्मले वशिभुत भएर सहयोग गर्छु भन्ने प्रण नै हो । सायद सबै उम्मेदवारहरु यसमा सक्षम पनि हुनहुन्छ होला । उहांहरुप्रति अहिले नै अविश्वासको पूर्वाग्रह राखेको पनि होइन । चुनावको मैदानमा आइसकेपछि  सबैले गर्छु र जित्छु भनेर आउने हक र रहर सबैको हुन्छ, हार्छु र गर्दिन भन्दै कोही चुनावी मैदानमा आउँदैन र पनि सबै उम्मेदवारका  तिघ्रा नापेर या भाषण सुनेर मात्र त्यसैलाई आधार बनाउने कुरा पनि भएन । हाम्रा समस्याको सम्बोधन कसले गर्न सक्ला भन्दै यही चुनावमा  देखे जानेकालाइ नै आफ्ना विवेक प्रयोग गरी सही उम्मेदवार रोज्नु मेरो जिम्मेवारी पनि हो । आफूले जानेको बुझेको नजिकबाट चियाएको, राम्रो नराम्रो, गुण अवगुण जस्ताका तस्तै सबैमा राख्न सके भने यसले निर्वाचनमा भाग लिने सबैलाई सहयोगी भूमिका खेल्न सक्ला र मतदान  दिने समय एक योग्य, कर्मठ र निष्कलंक सत्चरित्र व्यक्तिले समग्र युकेको बलिष्ठ संगठन हांक्ने अवसर पाउला भन्ने आशा गरेको छु ।

यहि प्रसंगमा युके शाखाको चुनावी मैदानमा उत्रनुभएका मध्ये एक परिचित नाम हो मुछेत्र गुरुङ । लम्जुङ्ग जिल्ला गिलुंग गाउँमा जन्मेर इशानेश्वर उच्च माध्यमिक विद्यालय, भोर्लेटारबाट एसएलसी पास गर्नुभएका, इमान्दार र अनुसाशित मुछेत्र गुरुङले अवकाश पछि पनि आफ्नो जीवन शैलीलाई एक परिपक्व क्रियाशील बनाउँदै आफूलाई एक सफल व्यवसायीकाे रुपमा युकेमा समेत स्थापित गरिसक्नु भएको छ, जो सबैका लागि एक मार्गदर्शन समेत हुन सक्छ ।

हरेक व्यक्तिको अतितले पनि आफ्नै एक किसिमको महत्व राख्दछ । उहांको वाल्यापन राम्रोसंग दिशा निर्देश गर्ने मेरा पिताजी ज्ञानशाली घिमिरेबाट मैले उहांका बारे धेरै कुरा बुझ्ने मौका पाएको छु भने उहांकै मित्र तथा मित मेरा मामा कुशहरि पनि उहांको विषयमा  जहिले पनि सकारात्मक सोच भएको व्यक्तित्वका रुपमा बुझेको कुरा  मलाई सुनाउनु भएको छ । त्यस्तै उहांका बालसखा मेरा दाजु  प्रेमशाली घिमिरेले उहांसंगको उठबसमा उहांले कहिल्यै त्यस्तो कर्म गर्नु भएन जसले उहां लगायत कुनै मित्रले मन दुखाउने काम होस् । विद्यालयमा पढ्दा पनि उहां एक मिहेनती, अनुशाशित र अब्बल मेधावी विद्यार्थी हुनहुन्थ्यो । जसको वाल्यजीवनदेखि युवा र यो परिपक्क्वतामा यहाँसम्म आइपुग्दा उहांका कुनै दोष देखिने ठाउं पाइएन ।

त्यसो त उहांले संगठन गर्ने हैसियतले तमुधिंको अध्यक्षको हैसियतले सांगठानिक अनुभव गरिसक्नु भएको छ भने भोर्लेटार सेरोफेरोदेखि अन्य सामाजिक क्रियाकलापमा पनि उहांको उल्लेख्य सहभागिता कुशलतापूर्वक देखाई सक्नुभएको छ । उहांको विलक्षण प्रतिभा भनेकै उहांले सबै नेपालीलाई केवल नेपालीका रुपमा देख्ने र त्यसै अनुसार सबैलाई सम्मान गर्ने उहाँको सरल र सिधा स्वभावले नै हामीलाई उहांले युके शाखाको बलियो नेतृत्व गर्न सक्नुहुन्छ भन्ने लागेको हो । आ-आफना कला संस्कृति, भेषभुषालाई जिवन्त बनाउंदै पहिला “हामी सबै नेपाली” भन्ने पवित्र भावनाले कसैलाई लाखा र कसैलाई पाखा नगरी आर्थिक रुपले समेत स्वच्छ राखी युके शाखालाई गतिलो नेतृत्व दिन सक्नुहुन्छ भन्ने विस्वासका साथ मैले रोज्नुको मुख्य कारण हो र सबैका लागि मुछेत्र नै युके अध्यक्षमा किन भन्ने प्रश्नको पनि सही उत्तर हो । मुछेत्रको नालीबेली इतिहास र आजको यो परिक्षाको घडीमा उहांको विषयमा जस्ताको तस्तै जुन चिरफार मैले गर्न कोसिस गरको छु सायद मलाई झैं कसैलाई पनि यूके अध्यक्ष उम्मेदवार मुछेत्र गुरुङमाथि मतदान गर्ने बेला कुनै  दुविधा पर्नेछैन  ।

चुनावी प्रतिष्पर्धामा उठ्ने रहर जाग्नु एउटा कुरा हो जो सबैलाई त्यस्तो रहर जाग्यो पनि होला तर रहरले मात्र  युके शाखामा देखिएको  विगतका प्रतिक्रियाहरुलाई व्यवस्थित गर्नु त्यत्ति सजिलो पक्कै छैन। त्यसका लागि स्वच्छ, इमान्दार र कुशल शिल्पकार भएको व्यक्तित्व चाहिन्छ । भविष्यमा अझै सशक्त व्यक्तित्व आउलान त्यो बेग्लै कुरा हो तर अहिलेका लागि भने त्यो सबै  गुण अध्यक्षका प्रत्यासी मुछेत्र गुरुङलाई नै मैले देखेको छु जसले भावी एनआरएनए यूके शाखालाई मजबुत बनाउदै अतितका तिता नमिठा सबै भद्रगोल पनि संयमित भएर असल नेतृत्व दिन सकोस् ।

कैलाश नेपालजीले एक भेटघाटमा भन्नु भाको थियो, मान्छे त यस्तै चाहिने हो तर अन्त्यमा खुट्टा कमाउने पो हो कि ? सरल, मेहनती, इमान्दार, सहयोगी, सधैं हसिलो मुहार लिएर आउने आदरणीय अध्यक्ष प्रत्यासी मुछेत्र गुरुङलाई दह्राे खुटा टेक्न अनुरोध गर्दै विजयको  कामना गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री