लन्डन । एनआरएनए यूकेको निर्वाचन माहोल तातिरहेका बेला महिला उपाध्यक्षमा शान्ति थापा कुंवर लड्ने भएकी छिन् । हाल एनआरएनए यूकेकी उपाध्यक्ष उनले वीनेपाली मार्फत मंगलबार चुनाव लड्ने घोषणा गरेकी हुन् ।
सदस्य हुंदै उपाध्यक्षको एक, एक कार्यकाल बिताइसकेकी उनले महिला हक हितका मुद्दा अघि सार्दै महिला उपाध्यक्षमा लड्ने बताइन् । श्रोतका अनुसार, उनी अध्यक्षका प्रत्यासी मुछेत्र गुरुङको प्यानलमा रहने निश्चित छ ।
शान्ति यसअघिको कार्यकालमा सबैभन्दा बढि मत ल्याएर जित्ने उम्मेदवार थिइन् । उनी गैर आवासीय नेपाली संघ, बेलायतको इतिहासमा उपाध्यक्ष बन्ने पनि पहिलो महिला हुन् ।
कम बोल्ने, अरुलाई सजिलै विश्वास गर्ने, समाजसेवाका लागि अहोरात्र खटिने कुंवर विवादबाट सधैं टाढा रहेकी एकजना पात्र हुन् ।
मगर संघ यूकेकी ट्रष्टी, आजिवन सदस्य र सल्लाहकार उनी अन्य विभिन्न संघसंस्थामा समेत आवद्ध छन् । सन् २००० यता बेलायत बस्न थालेकी कुंवर एकजना यस्तो महिला हुन् जो हरेक च्यारिटी र सामाजिक कार्यक्रममा उपस्थित भएकै हुन्छिन् ।
उनले आफूलाई पुनः एक कार्यकालको मौका दिन अपिल गर्दै एनआरएनए यूके सदस्यहरुलाई उपयुक्त उम्मेदवार छनोट गर्न सुझाएकी छिन् ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने