लन्डन । गैर आवासीय नेपाली संघ बेलायत निर्वाचन समिति २०१५ लाई ४ हजार २ सय ३५ सदस्यता प्राप्त भएको छ ।
लण्डनस्थित निर्वाचन समितिको कार्यालय एक्टनटाउनमा सोमबारसम्म प्राप्त सदस्य फारमका आधारमा उक्त संख्या देखिएको हो । तर, प्राप्त सदस्यता निवेदन मध्ये रित नपुगेका सदस्यता फारमहरु केलाउने क्रम सुरु भएको छ ।
निर्वाचन समिति सदस्य सचिव रामशरण सिंखडाका अनुसार केही सदस्यता फारमहरु एकै ठाउँबाट क्यास डिपोजिट गरिएको पाइएको छ । ‘सदस्यता फारममा देखिएका समस्याहरुलाई एकै ठाउँमा राखि एनआरएनए युके कार्यसमिति र निर्वाचन समितिको संयुक्त टोलीले समस्याबारे अन्तिम निर्णय लिनेछ’, निर्वाचन समिति सदस्य सचिव सिंखडाले वीनेपालीसँग भने । उनका अनुसार निर्वाचन समितिले तोकेको मापदण्ड अनुसार नै कार्य गर्नेछ । ‘रित नपुगेका सदस्यता फारममा निर्वाचन समितिले सम्झौता गर्दैन, हामीले पाएको म्याण्डेट अनुसार काम हुन्छ’, सिंखडाले भने । यता, निर्वाचन समितिले सदस्यहरुको अभिलेख राख्ने काम पनि सुरु गरेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने