लण्डन । इन्टेक १९८७ (डिसेम्बर) को साधारणसभा फ्लीटस्थित क्रुखाम वार मेमोरियल हलमा सम्पन्न भएको छ ।
सो इन्टेकमा भर्ती भएका १२५ जनामध्ये ३ जनाको निधन भइसकेको छ । दिवंगत नम्बरीहरुको सम्झनामा १ मिनेट मौनधारणपछि नेपाल र बेलायतको राष्ट्रिय गानसँगै पानसमा बत्ती बाली कार्यक्रम शुरु गरिएको थियो ।
कार्यक्रममा सहारा युकेका महासचिव कुमार गुरुङ, तमु प्ले हुका अध्यक्ष सोम गुरुङ, क्याट्रिक गल्फ क्लव तथा ब्रिटिश गोरखा नेपलिज कम्युनिटीका क्याप्टेन राम मल्ललाई खादा ओढाई सम्मान गरिएको थियो ।
इन्टरमिडेट रेगुलर कमिसन (आइआरसी) प्राप्त क्याप्टेन रतपति गुरुङ, उच्चशिक्षा हासिल गर्ने छोराछोरीहरुमा ‘ए’ लेभलको परीक्षामा चारवटा ‘ए’ ल्याउने दुर्गामति राईका छोरा ओमन राई, बनगुर युनिभर्सिटीबाट क्रिमिनोलोजीमा मास्टर्स गर्ने क्याप्टेन राम मल्लकी छोरी शर्मिला मल्ल, ब्राइटन युनिभर्सिटीबाट बायोमेडिकल साइन्समा मास्टर्स गर्ने क्याप्टेन रिटायर्ड मोहन तामांगका छोरा आसितोश तामांग, ब्रिटिश आर्मीमा भर्ती भएका जीवन राईका छोरा सनगम राईलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कलाकार देवि घर्ती र गणेश गुरुङले सबैलाई मनोरञ्जन दिलाएका थिए । यस्तै, रपन राईले साहसिक मार्शल आर्टका कला प्रस्तुत गरेका थिए भने जगवीर थापाले कविता सुनाएका थिए ।
कार्यक्रममा मार्शल आर्टका केज फाइटर रणवीर राईले धरानदेखि दमकसम्म ७२ किलोमिटर दौड आठ घण्टामा पूरा गर्न लागेको र सो वापत संकलित रकम दुर्गम क्षेत्रका खेलाडीको कल्याणका लागि प्रयोग गर्ने उद्देश्य राखेकोमा इन्टेकका तर्फबाट ४९३ पाउण्ड सहयोग गरिएको थियो ।
प्रकाश गुरुङबाट
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता