लण्डन । साउथ इष्ट लण्डनका व्यवसायीहरुको पहलमा स्थापित नेपाल कोअपरेभिट इन्भेष्टमेण्ट (एनसिआइ) ले नेपालमा लगानी गर्ने भएको छ ।
एनसिआइका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा आइतबार गोरखा भिलेज रेष्टुरेन्ट चाथाममा बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो ।
एनसिआइका कोषाध्यक्ष एलएन पाण्डेका अनुसार काभ्रे जिल्लामा रहेको गोरखा अर्गानिक फार्म एण्ड रिसर्च सेन्टरमा एनसिआइले लगानी गर्ने भएको हो । सो सेन्टरले अर्गानिक फार्म, रिसोर्ट, मिनरल वाटर, पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । सो सेन्टर २०१३ देखि निर्माणाधीन छ ।
यसैगरी, एनसिआइले युरोपमा पनि शाखा विस्तार गर्ने भएको छ । तत्कालमा बेल्जियम र हल्याण्डमा शाखा खोल्ने भएको हो । ‘युरोपका व्यावसायीहरुले पनि एनसिआइमा आवद्ध भएर लगानी गर्न चाहेकाले उनीहरुलाई पनि समेट्ने निर्णय गरिएको छ’ पाण्डेले भने ।
साउथ इष्ट लण्डनका १५० व्यावसायी सो संस्थामा आवद्ध छन् । संस्थाले हालै प्रोपर्टी खरिद बिक्री गरेर एकैदिनमा ३० हजार पाउण्ड नाफा आर्जन गरेको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा