आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: ०९:३५ | UK Time: 04:50

गोर्खा च्यानलको एनआरएन वहसमा भाग लिन यसरी पैसा ताकेता गरिएको थियो

वीनेपाली
२०७२ साउन ३२ गते १५:४१

gurkha-channel-logo
लन्डन । लन्डनबाट सञ्चालित गोरखा च्यानल (टिभी) ले गैर आवासीय नेपाल संघ (एनआरएनए) यूकेको सेप्टेम्बरमा हुने निर्वाचनमा पदाधिकारीहरुका उम्मेदवारबीच पत्रकार आचारसंहिता विपरीत वक्तासित पटक पटक पैसा ताकेता गरेको खुलेको छ ।

च्यानलका तर्फबाट कार्यक्रम निर्देशक राजेन्द्र भट्टको नाममा म्यासेज 
(तल हेर्नुहोस्) मार्फत रकम हाल्न बारम्बर ‘रिमाइन्डर’ पठाइएको केही उम्मेदवारका आकांक्षीले जनाएका छन् । गोर्खा च्यानलले भने त्यसको खण्डन गर्दै उल्टो वीनेपालीलाई चेतावनीको भाषामा आफ्नो ब्रान्डको बदनाम गरेको जिकिर गरेको छ ।

यद्यपि, पैसा माग गरिएको टेलिभिजन बहसमा न्यून सहभागिता भएको छ । आइतबार गरिएको यस्तो बहसमा अध्यक्षका आकांक्षीहरुमध्ये ३, उपाध्यक्षका आकांक्षीमध्ये ३ र सचिवका एक जना मात्र उपस्थित थिए । महासचिव, महिला उपाध्यक्ष र कोषाध्यक्षका सम्भावित उम्मेदवारहरु कोही पनि उपस्थित भएनन् ।

च्यानलले अध्यक्षका सम्भावित उम्मेदवारहरुसित २०० पाउण्ड र पदाधिकारीका अन्य उम्मेदवारहरुसित १०० पाउण्ड माग गरेको थियो । आमन्त्रित उम्मेदवारहरुलाई कार्यक्रम उपस्थित हुनुअगावै गोरखा च्यानलको बाक्लेज बैँकको एकाउण्टमा पैसा जम्मा गरिदिन पनि अनुरोध गरिएको थियो ।

बहसमा अध्यक्षका सम्भावित उम्मेदवारहरु विश्वासदीप तिगेला, हीराधन राई र योगकुमार फगामीमगर उपस्थित थिए भने उपाध्यक्षका सम्भावित प्रत्याशीहरु राष्ट्र राई, माया गुरुङ र सनत गुरुङ तथा सचिवका उम्मेदवार खुशी लिम्बु सरिक थिए ।

अध्यक्षका उम्मेदवारहरु मुच्छेत्र गुरुङ, बुद्धिराम थापा र कल्पना आङबुहाङ, उपाध्यक्षका उम्मेदवारहरु डासु पाण्डे, ललित न्यौपाने, अर्जुन कटवाल, मिलन भट्टराई उपस्थित भएनन् । महासचिवका आकांक्षीहरु राजकुमार त्रिपाठी र विजयविक्रम लिंगदेन पनि अनुपस्थित रहे । सचिवका सम्भावित उम्मेदवार कृष्ण तिवारी र कोषाध्यक्षका दीपक श्रेष्ठ र सुनिल खड्का दुवै उपस्थित भएनन् । महिला उपाध्यक्षका उम्मेदवार शान्ति थापा कुँवर पनि कार्यक्रममा देखिइनन् ।

कार्यक्रममा सहभागी अध्यक्ष पदका सम्भावित प्रत्याशी विश्वासदीप तिगेलालाई ‘कार्यक्रमका लागि पैसा दिनु भयो कि भएन’ भनी गरिएको प्रश्नमा उनले ‘पैसा नदिएको’ बताए । ‘बहसमा सहभागी भएवापत पैसा नदिने तर च्यानलले आयोजना गर्ने गरेका कल्याणकारी कार्यका लागि सहयोग गर्ने’ तिगेलाको भनाइ छ ।

अध्यक्षका आकांक्षी हिराधन राईले गोर्खा च्यानललाई भन्दा पनि हल भाडाका लागि रकम दिने जनाए । ‘भेटेको बेला क्यास नै दिउं भनेको बैंक अकाउन्टमा हाल्न भनेपछि पछि पठाइदिनुपर्ला’, हिराधनले भने ।

सचिव पदमा उम्मेदवारी दिन लागेका खुशी लिम्बुले कार्यक्रममा सहभागी भए पनि पैसा अहिलेसम्म नदिएकाे बताए । उनले भने, ‘अरूले दिए दिन पर्ला नत्र त्यतिकै बस्नुपर्ला ।’ एनअारएन युकेका उम्मेदवारहरूबीचकाे बहसले गाेरखा च्यानललाइ पनि फाइदै पुग्ने उनकाे भनाइ थियाे ।

गलत आरोप लगाइयोः च्यानल
गोरखा च्यानलले फेसबुक स्टाटस मार्फत वीनेपालीमा प्रकाशित समाचारमा कार्यक्रमका लागि पैसा उठाइएको भनी च्यानलमाथि गलत आरोप लगाइएको प्रतिक्रिया दिएको छ । च्यानलले आरोप अस्वीकार गर्दै यो कम्पनीको साख र आचारसंहिताको मात्र प्रश्न नभएर कसरी यूके र संसारमा नेपाली टेलिभिजन सञ्चालित हुन्छन् भन्ने प्रश्न भएको बताएको छ । च्यानलले बिनाप्रमाण आफ्नो ब्राण्डलाई बदनाम गरिएको र संहिताको गम्भीर उल्लंघन गरिएको दाबी गरेको छ । यस विषयलाई वेवास्ता गर्न अनुरोध गर्दै च्यानलले यस विषयमा अनुसन्धान गर्न अलग समिति बनाएको र कानुनी परामर्श लिंदै गरेको जनाएको छ ।

यसरी म्यासेजमा ताकेता गरिएको थियो पैसा उठाउन

11899294_932146493509949_1597196625_o

 

11879753_932146586843273_28649321_o

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक