लन्डन । ‘जिन्दगी आफंैमा एउटा यात्रा हो, त्यसैले यात्रा त गर्नु नै छ ।’ यी माथिका शब्दहरु केही दिन अघि मात्र सार्वजनिक भएको गीतकार गोपाल अधिकारीको ‘यात्रा’ बोलको म्यूजिक भिडियोबाट साभार गरिएको हो ।
गोपाल अधिकारीको आफ्नै शब्द, हिमाल सागरको सङ्गीत र रामकृष्ण ढकालको आवाज रहेको ‘यात्रा’ बोलको गीतको भिडियोमा आरती गैरेको साथमा प्रमुख भूमिकामा गोपाल अधिकारी आफैं देखिएका छन् । स्कटल्याण्डको मनमोहक दृश्यमा छायांकन गरिएको यो भिडियोले अहिले चर्चा बटुल्दै छ । श्रव्य दृश्यकै क्षेत्रमा अध्ययनरत दिपेश रेग्मीको निर्देशनमा बनेको भिडियो कथात्मक र रोचक छ ।
आफ्नै जिन्दगीको उकाली ओरालीको भोगाईलाई शब्दमा प्रस्तुत गर्न सक्ने अधिकारीको ट्रष्ट मी एल्बम पनि सार्वजनिक भइसकेको छ ।गीतकार अधिकारीका धेरै गीत सार्वजनिक भइसकेका छन् । ‘तिम्रो माया चाहंदा चाहंदै कसैको मायां पाउन पुगेछु, तिमीसंगै जुनी जुनी जिउने आशामा अर्कैसंग जिउन पुगेछु’, भूषण दाहालबाट निर्देशित अन्जु पन्तको स्वरमा सजिएको उक्त गीत अधिकारीले लेखेका हुन् ।
‘यात्रा त गर्नु छ’ किनकि जिन्दगी नै एउटा यात्रा हो । यही यात्राले गोपाल अधिकरीलाई नेपालको धादिङ्ग देखि बेलायतको लिभरपुलमा ल्याएर स्थापित गरायो अनि नेपालीको छोरोलाई मेक्सिकन खानामा दक्ष बनाएर दुईवटा मेक्सिकन रेस्टुरेन्टको मालिक समेत बनाएको छ ।
उनको गीतमा बनेको भिडियो यस्तो छः
https://www.youtube.com/watch?v=Mc9lrd7w6DI
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग