सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: ०५:४५ | UK Time: 01:00

दूतावासबाट भूकम्प पीडितलाई पाँच करोड

वीनेपाली
२०७२ साउन ३२ गते १०:०९
Nepalese embassy London

तस्वीर डेलीमेल

 

लण्डन । नेपालका भूकम्प पीडितको सहयोगका लागि लण्डनस्थित नेपाली दूतावासको पहलमा हालसम्म पाँच करोड रुपियाँ सहयोग गरिएको छ ।
बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीका अनुसार यसअघि नै दूतावासबाट तीन करोड रुपियाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गरिसकिएको छ भने यसैसाता मात्र थप दुई करोड रुपियाँ पठाइएको छ ।
दूतावासले युकेमा रहेका नेपाली समुदाय तथा गैरनेपाली समुदायबाट सो रकम संकलन गरेको हो । ‘अरु थप एक करोड रुपियाँ उठ्न सक्ने आशा गरेका छौँ’ क्षेत्रीले भने । बेलायतको अवस्था अन्य मुलुकको भन्दा पृथक रहेकाले सोचेजस्तो सहयोग उठाउन नसकिएको उनले बताए ।
‘अरु देशमा नेपाली, गैरनेपाली सबैले दूतावासमार्फत सहयोग गरे । बेलायतमा भने कतिपय नेपाली संघसंस्था र व्यक्तिहरुले आफैँ नेपाल पुगेर सहयोग दिए । आइएनजिओहरुले पनि आफैँले सहयोग संकलन गरे’ उनले प्रष्ट्याए ।
दूतावासले यही २३ तारिखका दिन भूकम्प पीडितको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने संघ संस्थालाई कदर पत्र प्रदान गर्ने कार्यक्रम पनि राखेको छ । यद्यपि सहयोग संकलनको कार्यलाई भने सो मितिपछि पनि जारी नै राख्ने क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक