
लण्डन । गैरआवासीय नेपाली संघ बेलायत निर्वाचनमा मतदाताको संख्या गणना कार्य सुरु गरिएको छ ।
निर्वाचनमा समितिका पदाधिकारीसहित १५ जनाले मतदाता गणना गरि कुल संख्या सार्वजनिक गर्न लागेका हुन् । शनिबार र आइतबारको मतगणनामा मतदाताको करिब संख्या थाहा भएपनि कुल संख्या पत्ता लाग्न केहि समय लाग्नेछ । समितिले १७ तारिखको ‘पहिलो आवर’को पोस्ट पनि बुझ्ने जनाएको छ । निर्वाचन समितिको सुचनामा शनिवार साँझ ६ बजेसम्म पोस्ट बुझ्ने बताएपनि शनिवार १२ बजे नै ‘पोस्ट अफिस’ बन्द हुने प्रावधानले गर्दा सोमबारको पोस्ट बुझ्नु पर्ने बाध्यता देखिएको हो । जसका कारण कुल मतदाता संख्या आउन ढिलाई हुने भएको छ
‘हामी १५ जना आजदेखि सदस्य संख्या गणनामा लागेका छांै’, सदस्य सचिव रामशरण सिंखडाले वीनेपालीसँग भने, ‘भोली सम्ममा सदस्य संख्या पत्ता लाग्छ । कति संख्यामा रित पुगेका छन वा छैनन् भन्ने पनि थाहा हुन्छ ।’ निर्वाचन समितिको कार्यालय लण्डनस्थित एक्टनमा छ । शनिवार एनआरएनए युकेको सदस्यता बुझाउने अन्तिमदिन चार वटा बोरामा कार्यसमिति र निर्वाचन समितिले संयुक्त रुपमा बुझेका थिए । शनिवार गैरआवासीय नेपाली संघ युके र निर्वाचन समितिका संयुक्त टोली ग्रीनवीचवोरोस्थित रोयलमेल कार्यालयमा पुगेका थिए ।
टोलीमा एनआरएनए युकेका तर्फबाट अध्यक्ष महेन्द्र कंडेल, सचिव दासुराम पाण्डे, प्रवक्ता अर्जुन कटुवाल, सदस्यहरु फडिन्द्र भट्टराई, दीपक श्रेष्ठ, ह्यारी गुरुङ र ललित न्यौपानेसहित थिए । निर्वाचन समितिका तर्फबाट समिति संयोजक डा.राघव धिताल, सदस्य सचिव रामशरण सिंखडा, सदस्यहरु विश्वआर्दश पण्डित, पुर्ण लक्सम थिए । सो क्रममा हालै एनआरएनए युकेमा उम्मेदवार घोषणा गरेका व्यक्तीहरुको पनि सहभागीता थियो । एक बोरामा करीव आठ सय फारम अट्ने अनुमान गरिएको छ । यसअघि पनि संयुक्त टोलीले एक बोरा फारम बुझेको थियो ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची