रोशन मेवाहाङग
लन्डन । लन्डनको आफ्नै फूलबारी मानिने केन्टवरी सहरको कम्युनिटी हलमा संखुवासभा जिल्लाका कार्यरत सैनिकहरुले वार्षिक भेटघाट तथा चिनजान कार्यक्रम सम्पन्न गरेका छन् ।
दोस्रो गोर्खा बटालियनमा आवद्ध संखवासभा जिल्लाका कार्यरत सैनिकहरुले वर्षेनी यस्तो भेटघाट कार्यक्रम गर्दै आएको जानकारी समूहका वारेन्ट अफिसर नेत्र राईले जानकारी गराए ।
नेपाली भेषभूषामा सज्जित सहभागीको ताँती हेर्दा र संखुवासभाको ठेट संगित सुनिरहँदा आफ्नै गाउँघरमा पुगेको आभास गरेको संखुवासभा निवासी सार्जेन्ट योगेन्द्र राईले बताए । कार्यक्रममा सहभागी सचिन थापाले संखुवासभा जिल्ला समाज युकेले हरेक वर्ष आयोजना गर्ने यस जमघटले बेलायती नेपालीहरुमाझ गाँउघरको याद मेटाउन सकिने बताए ।
कार्यक्रमको प्रारम्भमा स्वास्थ्य तथा सुरक्षाको जानकारी कार्यक्रम संयोजक वारेन्ट अफिसर छत्रमान लिङथेपले गराएका थिए । कार्यक्रमका संन्चालक मदन जिमीले स्वागत मन्तव्य राख्दै वार्षिक भेटघाट कार्यक्रमलाई औपचारिकरुपमा थालनी गरे लगतै ज्वाइँचेला र विशेष अतिथिजनहरुलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा उपस्थित संखुवासभाका कार्यरत सैनिकहरु पदोन्नति हुनु भएकोमा समूहकै अगुवा वारेन्ट अफिसर छत्रमान लिङथेपले शुभकामना दिंदै दुर्गम गाउँबाट बेलायत प्रवेश गरेका विभिन्न जाति, वर्ग र धर्ममा आस्था राख्ने सम्पूर्ण जिल्लाबासीहरुको एक मात्र साझा आँगनको रुपमा विकसित भएको समाजले हरेक वार्षिक कार्यकम गरिरहँदा ज्यादै खुशी लागेको अभिव्यक्ति दिए ।
सन्चालक मदन जिमीले सदा झैं हरेक वर्ष गाँउको सम्झना आउने मनोरन्जनात्मक प्रतियोगिता “म पनि जाने संखुवासभा तोङबा र माछा खान” उपस्थितमाझ प्रतिस्पर्धा गराएका थिए । उक्त प्रतियोगिता अत्यन्तै चाखलागदो र मनोरन्जनात्मक रहेको जिल्लाबासीहरुको भनाइ थियो । कार्यकमको अन्त्यमा प्रथम, दोस्रो र तेस्रो विजयी प्रतियोगीहरुलाई गाउँकै याद आउने कोदोको तोङबा र सभा खोलाको असला माछा खानाको लागि जिल्ला पुग्ने पुरस्कार वितरण गरेको जानकारी कार्यक्रमका व्यवस्थापक सार्जेन्ट धन गुरुङले बताए ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने