लन्डन । समाजसेवा गर्न एनजिओ, आइएनजिओ हुनै पर्ने आवश्यकता छैन् । मन भएपछि यसका लागि अनेक काइदा छन् ।
लन्डनस्थित एउटा निजी कम्पनीले ह्वीस्की शो मार्फत नेपालका भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । स्पेशलिटी ड्रिंक्स् लिमिटेडले आगामी अक्टोबर ३ तारिख सांझ ओल्ड बिलिङस्गेट मार्केट लन्डनमा हुने ह्वीस्की शोमार्फत सहयोग गर्ने जनाएको छ ।
भूकम्प पीडितको सहयोगका लागि ४५ वटा विशेष टिकेटको प्रति गोटा ६ हजार पाउण्डमा बेचिने कम्पनीले जनाएको छ । उक्त टिकेट खरिद वापत अतिथीले जापनीज करुइजावा १९८३ ह्वीस्कीको एक बोटल पाउनेछन् ।
कम्पनीका प्राविधिक निर्देशक जय पौडेलले सबै टिकेट विक्री भए दुई लाख ७० हजार पाउण्ड (करिब ४ करोड २४ लाख रुपैयां) पीडितलाई पठाउने निर्णय कम्पनीले गरेको जनाए । कम्युनिटी एक्सन नेपाल, माइती नेपाल, हेल्प नेपाल नेटवर्क, स्वाट र दि नेपाल ट्रष्ट जस्ता पांच च्यारिटी मार्फत सहयोग रकम पठाउने कम्पनीको योजना छ ।
सातौं ह्वीस्की शोमा विश्वभरका ह्वीस्की पारखीहरुको सहभागिता हुने अपेक्षा छ । विश्वकै अति महंगा ह्वीस्की राखिने उक्त शोमा ४२ वर्ष पुरानो करुइजावा लगायत ह्वीस्की राखिनेछ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा