लन्डन । सुन्दर गला र आकर्षक सौन्दर्य एकैसाथ सबैलाई मिल्दैन । कोही सुन्दरी हुन्छन् गाउन सक्दैनन् । कोही मिठो गाउंछन् सुन्दर लाग्दैनन् । तर, आफ्नो सुमधुर आवाजले हरेक संगीतप्रेमीको दिलमा राज गर्न सफल गायिका अन्जु पन्तको हकमा भने यो विपरित छ । उनमा आवाज मात्र होइन, सौन्दर्यताको पनि कमी नरहेको प्रमाण्ति भएको छ एउटा म्यूजिक भिडियोमा ।
सांगीतिक क्षेत्रमा उनको आवाजको जादु चल्ने बित्तिकै उनलाई सिनेमाको अफर पनि त्यत्तिकै आयो । आफ्ना गीतको भिडियोमा पनि कमै देखिने अन्जुले सबै प्रस्तावहरुलाई अस्वीकार गरिरहेकी थिइन् । तर, अहिले आएर उनलाई आफैंले गाएको एउटा गीत यति मन परेछ, त्यो गीतको भिडियोमा आफैंले मोडलिङ् गरिन् ।
केही समय आगाडि कार्यक्रमका सिलसिलामा लन्डन आएकी अन्जुले त्यही बेला जुनी जुनी… बोलको गीतमा मोडलिङ् गरेकी हुन् ।
पत्रकार नृपेश उप्रेतीको बजारमा आउंदै गरेको एल्बम खुशीको उक्त गीतमा अर्जुन पोखरेलको संगीत छ ।
“मैले गाउने गीतहरु भन्दा अलि फरक शैलीको छ यो गीत’’ उनी भन्छिन् “अलि फास्ट बिटको, पार्टीहरुमा पनि चल्ने र मेरा लागि अलिक नयांपन भएकाले पनि आफैंले मोडलिङ् गरेकी हुं’’ ।
लन्डनका स्थापित सञ्चारकर्मी कुशल श्रेष्ठको निर्देशन रहेको सो म्यूजिक भिडियोमा अन्जुका दृश्यहरु लन्डनको चर्चित लोकेशनहरु वेष्ट मिनिस्टर, लन्डन आइ, टावर ब्रीज, थेम्स् नदी वरपर खिचिएको छ । लन्डनमा रहेकी चर्चित नेपाली डिजाइनर अन्जली केसीको आकर्षक डिजाइनर ड्रेसहरुमा अन्जुलाई भिडियोमा देख्न सकिन्छ । गीतको छायांकनमा कुनै सम्झौता नगरेकाले भिडियो निकै राम्रो बनेको खुशी एल्बमकी निर्मात्री सोबिता उप्रेती बताउंछिन् ।
चांडै नै बजारमा आउने तयारीमा रहेको यो गीतमा मोडल बिदुर अधिकारी र सारा अन्जु पन्त संगै समानान्तर भूमिकामा देखिने छन् ।
यूकेमा नै फोटो अनि भिडियोग्राफीलाई मुख्य पेशा बनाएका निर्देशक कुशल श्रेष्ठले यो गीतको भिडियो बनाउने चुनौती खेपेका छन् । उनी भन्छन्, लन्डनको दृश्यहरुलाई आकर्षक शैलीमा प्रस्तुत गर्नु त छंदैछ, अन्जु जस्तो लोकप्रिय गायिकालाई मोडलका रुपमा पृथक तरिकाले उभ्याउन कम सहज थिएन् ।
चर्चित गायकद्वय शिव परियार र प्रमोद खरेललाई पहिलो पटक एकसाथ लिएर आफ्नो पहिलो गजल गाउन लगाई चर्चामा आएका गीतकार उप्रेतीको यो दोश्रो भिडियो हो । शब्द, संगीत र गायनका हिसाबले यो गीत अब्बल र भिडियो पनि सोचे भन्दा राम्रो बनेको दावी गर्ने उनी यस गीतबाट निकै आशावादी छन् । उनलाई यस गीत आफ्नो लेखनमा कोशेढुङ्गा हुन सक्ने विश्वास छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]