लण्डन । एनआरएन युकेको स्थापनाको एक दशकमा पहिलोपटक एउटी महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी छिन् ।
‘रानीको देश’ भनेर चिनिने बेलायतमै हालसम्म कार्यकारी (प्रधानमन्त्री) पदमा अहिलेसम्म एकजना मात्र महिला पुगेकी छिन् । एनआरएनमा उपाध्यक्ष, सचिव पदमा महिलाहरु पुगे पनि अध्यक्ष पदमा भने कसैले अहिलेसम्म अाँट्न सकेको थिएन । हुनत बेलायतका अन्य सामाजिक संस्थाहरुमा पनि महिला नेतृत्व कमजोर छ । तीन दशकअघि स्थापित नेपलिज डक्टर्स एसोसिएसनले हालै मात्र महिला अध्यक्ष पाएको छ ।
एनआरएन युकेकी वर्तमान कार्यसमिति सदस्य कल्पना आङबुहाङले एनआरएन युकेको अध्यक्ष पदमा उम्मेदवारी दिने हिम्मत गरेकी छिन् ।
ताप्लेजुङ, हाङपाङमा जन्मिएकी कल्पनाले धेरै समय हङकङमा बिताइन् । १३ वर्ष हङकङ बसाइमा उनले थुप्रै सामाजिक र क्षेत्रीय संस्थाहरुमा काम गर्ने अवसर पाइन् । ताप्लेजुङ–हङकङ समाज, किरात याक्थुङ चुम्लुङ, आदिवासी जनजाति महासंघ लगायतका संस्थामा अनुभव लिइन् । उनको सामाजिक सेवाको कदर गर्दै ‘आदिवासी चेली सम्मान’ सन् २००० मा दिइएको थियो ।
सन् २०१० मा युके आएपछि उनी किरात याक्थुङ चुम्लुङ, किरात माङ्गेना चुम्लुङ, बिगेसो लगायतका सामाजिक संस्थामा आवद्ध भइन् । राजनीतिक रुपमा पनि उनी सक्रिय भइन् । कलासंगीत मन पराउने उनले ‘आमा’ नामक गीति क्यासेट पनि निकालेकी छिन् । थप ९ गीतहरुको नेपालमा भिडियो सुटिङ गरेर युके आएकी उनी ‘आमा–२’ नामक अर्को गीति क्यासेट निकाल्ने तरखरमा छिन् ।
‘एनआरएन युकेमा किन अध्यक्ष पदमै उम्मेदवारी दिनुभयो’ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘एनआरएन युकेमा सधैँ पुरुषहरुले मात्र नेतृत्व गर्ने प्रवृत्ति छ । महिलाहरुलाई सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष दिने, खादा लगाउने, ब्याज लगाउने, खाजा बाँड्ने काम दिने गरिएको छ । यस्तो प्रथा तोड्न मैले उम्मेदवारी दिन लागेको छु ।’
‘महिलाहरुको मनोबल उकास्न र महिलाहरुले केही गर्न सक्छन् भन्ने प्रमाणित गर्न चाहन्छु’ उनले भनिन् । एनआरएन युके आर्थिक रुपमा डाँबाडोल अवस्थामा पुगेको, जसको हातमा पैसा र पावर छ उसले मात्र संस्था चलाउने अवस्थालाई आफूले परिवर्तन गर्ने उनले बताइन् ।
एनआरएनलाई नयाँ खालको संस्था बनाउने उनले दृढता व्यक्त गरिन् । हाल मस्यौदा अवस्थामा रहेको नेपालको संविधानमा गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारविहीन नागरिकता दिने प्रावधान राखिएकोमा उनले असन्तुष्टी व्यक्त गरिन् । ‘राजनीतिक अधिकार बिनाको नागरिकता दिइनु र मताधिकारबाट वञ्चित गराइनु भनेको अनागरिक सरह हो’ उनले भनिन् । आफू एनआरएन युकेको नेतृत्वमा निर्वाचित भएमा राजनीतिक अधिकारसहितको नागरिकताका लागि विशेष पहल गर्ने उनको योजना छ ।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने