बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: ०७:१८ | UK Time: 02:33

विद्यार्थीलाई एनआरएन सदस्यताबाट वञ्चित गरिएका विरुद्ध विश्वव्यापी अभियान

वीनेपाली
२०७२ साउन २७ गते १२:१३

11807630_1105615812785215_5421009225134770743_o
लन्डन । विदेशमा अध्ययनरत विद्यार्थीलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) को सदस्यता दिन वञ्चित गरिएकामा बेलायतस्थित नेपाली विद्यार्थीहरुले आक्रोश व्यक्त गर्दै त्यसविरुद्ध विश्वव्यापी अभियान गर्ने भएका छन् ।

नारामा एनआरएनएले समस्त गैर अवासीय नेपालीलाई प्रतिनिधित्व गर्ने भनिए पनि व्यवहारमा विद्यार्थीलाई अलग्याइएकोप्रति विद्यार्थीको कडा आक्रोश छ । उनीहरुले आफूहरु संघ विरुद्ध नभइ यसको भेदभावपूर्ण विधानको विपक्षमा रहेको जनाउंदै यसलाई सच्याउन विश्वव्यापी अभियान शुरु गर्ने दावी गरेका छन् ।

यसअघि खासै चर्चामा नरहेको यो मुद्दा गैर आवासीय नेपाली संघ, बेलायतको निर्वाचन आउन अब एक महिनामात्र बांकी रहंदा विद्यार्थीले मतदान गर्न नपाउने भएपछि चर्केको हो ।

विद्यार्थीहरुका एकजना अगुवा गणेश खड्काले सामाजिक सञ्जालमा एनआरएन स्टुडेन्ट्स एसोसिएसन मार्फत नियम सच्याउन दवाव दिइने जनाए । उनले यस मुद्दाको उठान बल्ल शुरु भएको जनाउंदै विश्वभरका विद्यार्थीहरुलाई एकजुट भएर दवाव दिन आग्रह गरिने बताए ।

स्वतस्फूर्त रुपमा विद्यार्थीहरुको यसै साता उलवीचमा बसेको बैठकले एनआरएनमा आफूहरुको प्रतिनिधित्व हुनुपर्ने अन्यथा अर्को संस्था जन्माउन वाध्य हुने निष्कर्ष निकालेको छ ।

विद्यार्थीले एनआरएनए यूके शाखालाई यस्तो नियम सच्याउनका लागि पहल गरिदिन समेत आग्रह गरेका छन् ।

गैर आवासीय नेपालीका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमा गैर आवासीय नेपाली भन्नाले नेपाली मुलको विदेशी नागरिक सम्झनु पर्ने र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउने उल्लेख छ । साथै विदेशमा बस्ने नेपाली नागरिक भन्नाले सार्कको सदस्य मुलुकमा बसोवास गरेको, नेपाल सरकारबाट खटिइ विदेशस्थित कुटनैतिक नियोग वा महावाणिज्य दूतावासमा बहाल रहेको र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक बाहेक कुनै पेशा, व्यवसाय र रोजगारी गरी विदेशी मुलुकमा कम्तीमा दुई वर्ष बसोवास गरेको नेपाली नागरिक सम्झनुपर्छ भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक