बिहीबार, माघ ८ २०७७ | Thu, January 21, 2021
नेपालको समय: ०१:२२ | UK Time: 19:37

एनआरएनए यूके नेतृत्व लिन यस्तो छ भित्री चलखेल

वीनेपाली
२०७२ साउन २७ गते ०:०३
एनआरएनए यूके निर्वाचन समितिमा आवद्ध हस्तीहरु ।

एनआरएनए यूके निर्वाचन समितिमा आवद्ध हस्तीहरु ।

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतमा निर्वाचन नजिकिंदै जांदा भित्री खेलहरु शुरु भएका छन् ।
जातीय, क्षेत्रीय र विभिन्न राजनीतिक मोर्चामा बांडिएका बेलायतवासी नेपालीहरुलाई समेट्न भित्री खेलहरु शुरु भएको हो । त्यसका लागि अध्यक्षदेखि सदस्यसम्म मिलाउन टिम सेटिङको खेल जारी छ । सामूहिक रुपमा प्रचारप्रसार गर्न र समूहगत रुपमा मत आव्हान गर्न निर्वाचन आचारसंहिताले बन्देज लगाएपछि सबै भित्रि खेलमा लागेका छन् ।

एनआरएनए यूके निर्वाचन समितिको आचारसंहिता अनुसार ‘कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आव्हान गर्न वा प्रचारप्रसार गर्न बन्देज छ ।’
एनआरएनए यूकेको अध्यक्ष प्रत्यासीहरुमा हालसम्म घोषणा गरिसकेका हिराधन राई, विश्वासदीप तिगेला, योगकुमार फगामी, बुद्धिराम थापा, मुछेत्र गुरुङ, कल्पना आङवुहाङ, ठाकुर शर्मा र सुरज केसी छन् । सबै भन्दा पहिले टिम घोषणा गरेर अध्यक्षमा उम्मेदवारी दिन लागेका तिगेलाको प्यानलमा नाम जोडिएका उपाध्यक्ष फगामी आफैं अध्यक्षको प्रत्याशी बनिसकेका छन् भने लक्ष्मी राईटिमबाट बाहिरिएको बताएकी छिन् । तिगेला, फगामी, थापा, आङवुहाङ, शर्मा र केसी आआफ्नै तरिकाले काम गरिरहेका छन् । अर्का अध्यक्षका प्रत्यासी गुरुङ भित्री रुपमा एमाले र कांग्रेससँग मिलेर निर्वाचनमा जाने खेलमा छन् । स्रोतका अनुसार गुरुङ सर्वसम्मतको नाममा सबैलाई भुलभुलैयामा पार्दै आफ्नै टिम बनाउन लागेका छन् । सबैभन्दा बढी चासोको विषय गुरुङले महासचिवमा कसलाई ल्याउने भन्ने छ । अध्यक्षका उम्मेदवारका रुपमा गुरुङ अघि देखिएपनि पूर्व अध्यक्षहरु मेजर डम्बर घले र सूर्य गुरुङको चाहनामा टिम बन्ने स्रोतले वीनेपालीलाई बतायो ।

एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्चसँग सहकार्य गर्दा महासचिवका उम्मेदवार विजय लिङदेनलाई पद दिनु पर्ने भएकाले अरु संघसंगठनसँग पनि वार्ता चलिरहेको बताइन्छ । त्यसका लागि घले र गुरुङले संयोजन गरिरहेका छन् । दुवैको भित्री उद्देश्य भने तत्कालिन सचिव संगीता मरहट्ठालाई महासचिवमा ल्याउने हो ।

स्रोतका अनुसार भोट संख्या कति बनाउन सकिन्छ त्यसकै आधारमा प्रवासी नेपाली मञ्चसँग ‘डिल’ भरपर्छ । कम भोटर भए संगीतालाई ल्याउन नसक्ने nrn_uk_logoस्थितिमा महासचिवका उम्मेदवार लिङदेनलाई ठाउं दिने सोच उनीहरुको रहेको स्रोत बताउँछ । सो खेलकै कारण मरहट्ठा ‘चुपचाप’ छिन् । अध्यक्ष महेन्द्र कंडेल र अर्का अध्यक्ष योगेन क्षेत्रीबीच कार्यकाल बांड्ने सहमतिको विपक्षमा उभिएकी मरहट्ठा सामाजिक संजालदेखि सार्वजनिक समारोहमा विरोधकै सेरोफेरोमा रहिन् । ‘मलाई कसैले पनि सोधेका छैनन्, के मा उठ्ने भनेर’, संगीताको प्रतिक्रिया छ,‘विवाद र खेलमा लाग्नुभन्दा बरु बाहिर रहेर आफ्नै ढंगले सामाजिक काम गर्ने सोच छ ।’ सहमति भए आइसीसी सदस्यमा जाने उनको आकांक्षा छ ।

अध्यक्षका प्रत्यासी राईले अहिले टिम निर्माण भन्दा पनि आफ्ना एजेण्डाबारे नेपालीलाई बुझाउने र सदस्य बनाउने काममा सकृय रहेको बताए । ‘टिम निर्माण चुनाव नजिकिंदै जांदा हुन्छ’, अर्का प्रत्याक्षी गुरुङले वीनेपालीसँग भने, ‘मुख्य पदहरु बांडफांड भइसकेको छ । अहिले सबै कुरा नभनौं ।’

उता, उपाध्यक्षको राम्रो उपस्थितिमा दासु पाण्डे उभिएका छन् । उनी पनि चुनाव प्रचारमै व्यस्त छन् । पाण्डेसंगै अर्जुन कटवाल, ललित न्यौपाने, राष्ट्र राई र मिलन भट्टराई उपाध्यक्षमै उभिएका छन् । महासचिवमा भने हालसम्म विजय लिङदेन र राजकुमार त्रिपाठी छन् । एक कार्यकाल चलाएको अनुभव त्रिपाठीसँग भएपनि काम गर्न नसकेको आरोप उनी माथि छ । लिङदेन चुनावी दौडमा अग्रमोर्चामै रहेको बताइन्छ ।

सचिवमा कृष्ण तिवारी र खुसी लिम्वु प्रतिस्पर्धामा छन् भने कोषाध्यक्षमा दिपक श्रेष्ठ र सुनिल खड्कावीच प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि अहिले निर्वाचनको जोडघटाउ हुन भने बांकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक