बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: १९:२४ | UK Time: 14:39

ननिटनमा गेसाेकाे शाखा विस्तार

वीनेपाली
२०७२ साउन २६ गते २०:१२
Gaeso Nuneton
लन्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतको ननिटनमा शाखा विस्तार गरेको छ ।
हालै ननिटनमा आयोजित गोरखा भूतपूर्व सैनिकहरूको भेलाले युवराज गुरूङको अध्यक्षतामा शाखा गठन भएको हो ।

समितिमा लोकबहादुर गुरूङ उपाध्यक्ष, शुक्रराज राई सचिव, मेखबहादुर आले कोषाध्यक्ष र लक्ष्मी राना सहकोषाध्यक्ष रहेका छन् । सदस्यहरूमा ब्रिजहाङ लिम्बु, कमलप्रसाद राई, गौरी प्रसाद राई, राधिका राई, सुकबहादुर राई, माया गाहा, भरत गुरूङ, काली गुरूङ, बबिर गुरूङ र हरिबहादुर चुनिएका छन् ।

शाखा गठनका लागि आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष पदमबहादुर गुरूङ, उपाध्यक्ष कृष्णकुमार राई, सदस्य देवीमाया पुन र सल्लाहकार डा.चन्द्रबहादुर गुरूङको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक