काठमाडौँ, २५ साउन । संवैधानिक, राजनैतिक संवाद तथा सहमति समितिले आइतबार पेस गरेको प्रतिवेदनमा महिलाका केही मुद्दा सम्बोधन भए पनि शब्दमार्फत अल्झाई महिलालाई अधिकार दिएजस्तो गरी खोसेको आरोप महिला अधिकारकर्मीले लगाएका छन् ।
‘महिलामैत्री संविधानका लागि साझा अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा महिलाअधिकारकर्मीले महिलाका धेरै विषयमा झुक्याउन खोजेको भन्दै महिलामैत्री संविधान नबने सशक्त आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
अधिकारकर्मी दुर्गा सोबले परिमार्जित मस्यौदामा आएका केही महिलाका विषय सकारात्मक भएपनि आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको पहिचान र परिणाममुखी सहभागिताको माग गरिन् ।
अधिवक्ता सुबिन मुल्मीले परिमार्जित मस्यौदामा नागरिकतासम्बन्धी प्रावधान विभेदकारी नै रहेकाले त्यसलाई सच्याउनुपर्ने बताइन् । उनले नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेमा विदेशी पुरुषले वैवाहिक अङ्गीकृत नागरिकता पाउने व्यवस्था हटाएको प्रति आपत्ति जनाइन् । संविधानको धारा ११ को उपधारा २ मा ‘आमाबाबुका नामबाट नागरिकता प्राप्त गर्न सक्ने’ भन्ने नयाँ व्यवस्था थप गरिएपनि त्यसपछिका उपधारा ३ र ४ मा आमाको नामबाट मात्र नागरिकता पाउन सक्ने बाटो बन्द गरिएको उनले बताइन् ।
अधिकारकर्मी राधा पौडेल, विजया केसी र विष्णुकला भण्डारीले अहिलेको परिमार्जित मस्यौदा अधिकारकर्मीलाई समेत झुक्याउने किसिमले ल्याएकोप्रति आक्रोश व्यक्त गरिन् । अभियानले आन्दोलनका क्रममा यही साउन २७ गते नयाँ बानेश्वरमा कविता वाचनद्वारा विरोध जनाउने, २८ गते नारा जुलुससहित निषेधित क्षेत्र तोड्ने, २९ गते नागरिकता सङ्कलन गरी सभामुख सुवास नेम्वाङलाई बुझाउने र ३१ गते टर्च लाइट जुलुस निकाल्ने कार्यक्रम छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते