लण्डन । बेलायतमा रहेका रेष्टुरेन्ट व्यवसायीहरूले नेपालको भूकम्प पीडितका लागि लण्डनस्थित नेपाली दूताबासमा स्थापित कोषमा ३५ लाख रूपियाँ जम्मा गरेका छन् ।
सोमबार दूताबासमा अायोजित कार्यक्रममा नेपलिज क्याटरिङ एसोसिएसन युकेका अध्यक्ष विजय थापाले एसोसिएसनका तर्फबाट २१ हजार ५३९ पाउण्ड २४ पेन्सको चेक कार्यबाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीलाई हस्तान्तरण गरे ।
साे रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताइएको छ ।
उक्त अवसरमा एसोसिएसनका अध्यक्ष थापा, एनआरएन युकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, लगायत ब्यवसायीहरु सुरेन्द्र श्रेष्ठ, ध्रुव केसी, यादव भण्डारी, दौलत राई, आरती श्रेष्ठ, किशोर सापकोटा, रमेशसिंह सराङकोटी, रोशन सापकोटा, माधवराज उप्रेती, दिपक सुवेदी, जीव पाण्डे, सूर्य थापा, कृष्णप्रसाद शर्माको उपस्थिति थियो ।
साे अवसरमा अध्यक्ष थापाले भूकम्पपछि नेपालको पर्यटन व्यवसाय धराशायी भएकाले अब बेलायतका रेष्टुरेन्ट ब्यवसायीहरूले नेपालकाे पर्यटन प्रबर्धन गर्नका लागि लागि पर्ने बताए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित