लण्डन । बेलायतमा रहेका रेष्टुरेन्ट व्यवसायीहरूले नेपालको भूकम्प पीडितका लागि लण्डनस्थित नेपाली दूताबासमा स्थापित कोषमा ३५ लाख रूपियाँ जम्मा गरेका छन् ।
सोमबार दूताबासमा अायोजित कार्यक्रममा नेपलिज क्याटरिङ एसोसिएसन युकेका अध्यक्ष विजय थापाले एसोसिएसनका तर्फबाट २१ हजार ५३९ पाउण्ड २४ पेन्सको चेक कार्यबाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीलाई हस्तान्तरण गरे ।
साे रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताइएको छ ।
उक्त अवसरमा एसोसिएसनका अध्यक्ष थापा, एनआरएन युकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, लगायत ब्यवसायीहरु सुरेन्द्र श्रेष्ठ, ध्रुव केसी, यादव भण्डारी, दौलत राई, आरती श्रेष्ठ, किशोर सापकोटा, रमेशसिंह सराङकोटी, रोशन सापकोटा, माधवराज उप्रेती, दिपक सुवेदी, जीव पाण्डे, सूर्य थापा, कृष्णप्रसाद शर्माको उपस्थिति थियो ।
साे अवसरमा अध्यक्ष थापाले भूकम्पपछि नेपालको पर्यटन व्यवसाय धराशायी भएकाले अब बेलायतका रेष्टुरेन्ट ब्यवसायीहरूले नेपालकाे पर्यटन प्रबर्धन गर्नका लागि लागि पर्ने बताए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते