अान्दाेलन गर्नु जनजातिकाे रहर नभई वाध्यता

11035307_10205193838027906_2105593012495323748_n
लण्डन । बेलायतबासी आदिवासी जनजातिहरुले २१ औं विश्व आदिवासी दिवस मनाएका छन् ।
नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अभियन्ता प्रा. डा. ओम गुरुङको प्रमुख अातिथ्यता र पूर्व राजदुत प्रा.डा. नोवल किशोर राई विशेष अतिथि तथा नेपाल अादिवासी जनजाति पत्रकार महासंघ  (फोनिज)  का केन्द्रिय सदस्य गणेशमान गुरुङ अतिथि रहनुभएको कार्यक्रम अपरान्ह १२ बजे शुरु भएको थियो ।
कार्यक्रमको पहिलो चरणमा नेपाल आदिवासी जनजातिको ऐतिहासिक परिचय र हाल नेपालमा जनजातिको सामाजिक र राजनैतिक अवस्थाबारे अतिथिहरु र जातिय संघ-संस्थाका प्रतिनिधि तथा सदस्यहरुबीच एक अन्तरक्रिया कार्यक्रम राखिएको थियो । सो अन्तरक्रियामा जनजातिको अवस्था र बन्न लागेको संविधानमा जनजातिहरुको पहिचान र मुद्दालाई नसमेटिएकोबारे अतिथिहरुलाई प्रश्नहरु सोधिएको थियो ।
अन्तरक्रिया कार्यक्रमपछि मुख्य औपचारिक कार्यक्रम करिव २ बजे शुरु भएको थियो । नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्ष तुल छन्त्यालको अध्यक्षतामा शुरु भएको कार्यक्रमलाई महासंघका वरिष्ठ उपाध्यक्ष जंग सुनुवारले स्वागत मन्तब्य दिए पश्चात अध्यक्ष्य छन्त्याल र प्रमुख अतिथि डा. ओम गुरुङले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो । उद्घाटनपछि नेपालको राष्ट्रिय गान र जनजाति गीत बजाइएको थियो । भूकम्पमा परी मृत्युवरण गरेका मृतकहरुको सम्झनामा दुई मिनेट मौन धारण पनि गरिएको थियो ।
सयौं जनजातिहरुको उपस्थिति भएको कार्यक्रममा विभिन्न जातिय संस्थाबाट प्रतिनिधित्व गरी आएका वक्ताहरुको बोल्ने क्रम सकिएपछि अतिथिहरुबाट नेपालमा भएका जनजातिहरुको सामाजिक र राजनैतिक विषयमा बोल्नु भएको थियो । बेलायतमा भएका सबै जनजातिहरुमा सामाजिक र राजनीतिक चेतनाको विकास भएकोमा अतिथिहरूले खुसी व्यक्त गरेका थिए । देशको जातिय र वर्गीय  विभेद अन्त्य अझै नभएको कारणले गर्दा नै नयाँ बन्ने संविधानको मस्यौदामा नेपालका गैर जनजाति नेताहरुले जातिय पहिचानलाई स्पस्टरुपमा सम्वोधन नगरेको र  नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलनलाई निरन्तरता दिएर आफ्नो जातिय पहिचानको मुद्दामा संघर्ष अझै चर्किने सभालाई जानकारी गराएका थिए ।
मन्तव्यको क्रममा डा. ओम गुरुङले हाम्रो पहिचान र पहिचान सहितको संघियता ल्याउनुको लागि आन्दोलनको विकल्प नभएको स्पष्ट पार्नु भएको थियो । ४ ठूला दलले सहमति गरेर  पार्टी र आफ्नो राजनैतिक भविष्यलाई मात्र फाईदा पुग्ने उद्देश्यले ल्याएको ६ प्रदेशमा जनजातिहरुको पहिचान कही-कतै नभएको पनि उल्लेख गर्नु भएको थियो  । जातिय आन्दोलन गर्नु कुनै रहर नभएर तिनै प्रतिगामी नेताहरुको स्वार्थी राजनैतिक खेलले गर्दा अहिलेको आवश्यकता भएको पनि उहाँले स्पस्ट पार्नु भयो ।
मन्तव्यको अन्त्यमा उहाँले उपस्थित सबै जनजातिहरु आफ्नो हक र अधिकारको लागि एकता हुनु पर्ने आग्रह गर्दै उहाँले आफ्नो बाँकी जीवन पनि सबै जनजातिको हक-अधिकार पूरा नभएसम्म लडिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा बिभिन्न जातजातिको पहिचान सहितको  भेष-भुषामा नृत्य प्रदर्शन र नेपालबाट आएकी लोक गायिका देबी घर्ती मगरले आफ्नो मिठो गायिकी प्रदर्शन गर्नु भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी जनजाति महिला महासंघ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतको संयुक्त आयोजनामा सम्पन्न गरिएको कार्यक्रम महासचिव कर्म पहाडी शेर्पाले संचालन गर्नु भएको थियो ।
11863340_10202958690326601_2780972998436244290_n

प्रतिक्रिया

सम्बन्धित सामाग्री