लन्डन । लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको अध्यक्षमा बालजंग अर्याल निर्वाचित भएका छन् । आइतबार सम्पन्न मन्दिरको पहिलो साधारणसभाले अर्यालको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयां कार्यसमितिमा सहदेव गिरी उपाध्यक्ष र अर्जुन गौतमको कांधमा महासचिवको जिम्मेवारी छ । त्यस्तै यादव भण्डारीले सहसचिव र दासुराम पाण्डेले कोषाध्यक्षको भूमिका पाएका छन् । सदस्यहरुमा भने गणेश बास्तोला, कुमार श्रेष्ठ, चक्रबहादुर राना, श्याम शेरचन, विनोद न्यौपाने, हरिलाल पन्त, हरि गुरुङ, जित रानाभाट, शेखर वाग्ले, सरिता पौडेल, तारा भट्टराई र तुलसा शर्मा चुनिएका छन् ।
नवनिर्वाचित अध्यक्ष अर्याल बेलायतको नेपाली समुदायमा भद्र समाजसेवीको परिचय बनाएका एक सफल व्यवसायी हुन् । यसअघि अध्यक्षमा अरु केहि नामको समेत चर्चा भएपनि सबैलाई मिलाएर मन्दिरको हितमा नेतृत्व गर्न सक्ने सर्वमान्य पात्रका रुपमा ट्रष्टीहरुले नै उनलाई अघि सारेका हुन् ।
नयां कार्यसमिति निर्वाचित गर्नका लागि पत्रकार तथा मन्दिरका ट्रष्टी फणिन्द्र भट्टराईको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मतिमा नयां कार्यसमिति चयन भएको घोषणा गरेको थियो । नवनिर्वाचित समितिलाई मन्दिरका पण्डित नीलहरि घिमिरेले शपथ ग्रहण गराएका थिए ।
त्यस्तै मन्दिरको सत्संग समितिमा गोकुल न्यौपानेलाई संयोजक र विष्णु ज्ञवालीलाई सहसंयोजक तोकिएको छ ।
यसअघि चाल्टर्नस्थित चाल्टर्न एसेम्बलीमा सम्पन्न साधारणसभाको अध्यक्षता अध्यक्ष होम शर्माले गरेका थिए । फत्त थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, विनोद ज्ञवाली, साधारणसभा संयोजक दासुराम पाण्डे लगायतले मन्तव्य दिएका थिए ।
सभामा कर्ण शाहीको संयोजकत्वमा तयार संस्थाको विधान संशोधनसहित पारित गरिएको थियो ।
साधारणसभाकै क्रममा मन्दिरलाई ५ हजार पाउण्डको चन्दा सहयोग गर्दै ६ जनाले बोर्ड अफ ट्रष्टी को सदस्यता लिएका छन् । मोहन गुरुङ, डा रामकुमार अधिकारी, दिनेश घिमिरे, मोती भण्डारी, गोपाल अर्याल र मिलन भट्टराई थपिएपछि अब मन्दिरका ट्रष्टी ३० जना पुगेका छन् ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो