
लन्डन । शनिवार सम्पन्न छैटौं स्वीन्डन कप रेडिङ युनिटीले जितेको छ । स्वीन्डनस्थित न्यू कलेज मैदानमा भएको उक्त प्रतियोगितामा रेडिङ युनिटीले यो सहित लगातार दोश्रो वर्ष कप जितेको हो । उक्त टिमले १२ सय पाउण्ड, ट्रफी र कप पाएको छ ।
९ ए साइड उक्त प्रतियोगितामा फस्ट रनरअप भयो लजी एफसी ।
भेट्रान र नन भेट्रान गरि १६ टिम सहभागी स्वीन्डन कपमा भेट्रानतर्फ स्वीन्डन एफसी वीनर बन्यो भने रनर अप धरान समाज यूके भएको छ ।
त्यसैगरि, अन्डर १६ अन्तर्गत वीनर बनेको छ रेडिङ युथ । यो खेलमा रनर अप भयो स्वीन्डन युथ ।
स्वीन्डन कपमा भलिवल प्रतियोगितामा समेत सामेल थियो जसमा स्वीन्डन ए वीनर र वीन्चेष्टर रनरअप भए । भलिवलका लागि चार टिम प्रतिष्पर्धी थिए ।
विजेता टिम र खेलाडीलाई आयोजक नेपाली समाज वील्सायरका अध्यक्ष राजनकुमार क्षेत्रीले बधाईसहित पुरस्कार प्रदान गरे । सहभागीलाई स्वागत गर्दै अध्यक्ष क्षेत्रीले प्रतियोगिता एकापसमा सम्वन्ध विस्तार र युवा मनोवल बढाउने उद्देश्यले गरिएको बताए ।
करिब १५ सय दर्शक सहभागी प्रतियोगितामा अतिथी थिए वील्सायर एफसी अध्यक्ष क्लिभ आर्चर । प्रतियोगिताका अवसरमा रक्त क्यान्सरबाट पीडित ४ वर्षीय बालक सृनिकजंग खड्काका लागि आवश्यक बोन म्यारो जुटाउन २ सय जनाले डिएनए स्याम्पल परिक्षण समेत गरेको अध्यक्ष क्षेत्रीले जनाए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते