लन्डन । नेपालमा कार्यरत सबैभन्दा पुरानो बेलायती संस्था ब्रिटेन नेपाल मेडिकल ट्रष्टका सह अध्यक्ष प्रा. सूर्यप्रसाद सुवेदीले सो संस्थाको तर्फबाट नेपालका भूकम्प पीडितका लागि सहयोग जुटाउन गरेको आव्हानलाई साथ दिई आर्थिक सहयोग गर्ने सबै दाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
प्रा. सुवेदी र डा. जिलियन होल्ड्सवर्थ सह अध्यक्ष भएको उक्त संस्थाले नेपालको विकट क्षेत्रका भूकम्प पीडितका लागि झण्डै २ करोड रुपैयां बराबरको रकम उठाएर सहयोग गरेको छ ।
सो संस्थाका दुवै सह अध्यक्ष सहभागी भएको एकसय किलो मिटरको हालै सम्पन्न पदयात्राबाट मात्रै करिब दश लाख रुपैयां बराबरको सहयोग जुटेको थियो ।
भूकम्प आउने बित्तिकै तत्कालको उद्दार र राहत कार्यमा सहयोग पुर्याउन प्रा. सुवेदीले आफ्नै निजी तर्फबाट पांच लाख रुपैयां चन्दा पठाएका थिए ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान