आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: १६:२३ | UK Time: 11:38

नेपथ्य टोली आज सांझ लन्डन उत्रंदै

वीनेपाली
२०७२ साउन २० गते ११:५४
यूके उड्नुअघि नेपथ्य गायक अमृत काठमाण्डौं विमानस्थलमा

यूके उड्नुअघि नेपथ्य गायक अमृत काठमाण्डौं विमानस्थलमा

लन्डन । अगष्ट ८ शनिवार ओ टु एकेडेमी ब्रिक्सटनमा कन्सर्ट गर्न नेपथ्य टोली आज सांझ ७ बजे लन्डन हिथ्रो उत्रंदै छ ।

नेपथ्य आवद्ध दशजनाको टोली काठमाण्डौंबाट उडिसकेको आयोजक इलाइट इभेन्ट्सका एलबीजेड गुरुङले जनाए । नेपथ्यका अगुवा अमृत गुरुङले फेसबुक स्टाटसमा समेत यूके उड्न लागेको तस्विर पोष्ट गरेका थिए ।

गायक अमृतलाई सधैं झैं ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।

नेपथ्यले गोर्खा परम्पराको दुई सय वर्ष पुरानो इतिहासमा समर्पित गीतदेखि नयां एल्बमका चारसहित पुराना गीत गाउने कार्यक्रम छ ।

करिब अढाइ वर्षअघि वेम्ली एरिनामा ऐतिहासिक कन्सर्ट गरेको नेपथ्यको ओ टु एकेडेमी ब्रिक्सटन कार्यक्रमलाई धेरैले चासोका साथ हेरिरहेका छन् । कन्सर्ट टिकेट लगभग सकिएको दावी आयोजकको छ ।

विश्वमै लोकप्रिय मानिन्छ ओ टु एकेडेमी ब्रिक्सटन । नेपथ्यको नाम अब त्यस हलका अघिल्ला प्रस्तोताहरु बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टी जस्ता हस्ती एवं टोलीहरुको लहरमा जोडिनेछ । त्यो हलसंग एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम र कल्चर क्लबजस्ता थुप्रै अरु नाम पनि जोडिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक