
लण्डन । सगरमाथा तेक्वान्दाे स्कुलका खेलकुद प्रबन्धक, संस्थापक तथा गैर आवासीय नेपाली संघ (एनआरएन )बेलायतका सल्लाहकार माष्टर राष्ट्र राईले एनआरएन बेलायतकोे आगामी १३ सेप्टेम्बरमा हुने छैंटौ अधिवेसनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एनआरएन बेलायतमा केही महत्वाकांक्षी पदाधिकारीहरुको कारण बर्बादीको संघारतिर लम्किरहेको, विगतदेखि हुँदै आएको आर्थिक अनियमितताको छानविन गरिनुपर्ने माग गर्दै संस्थालाई पारदर्शी ढंगले सञ्चालन गर्न उम्मेदवारी दिएकाे राईले बताए ।
एनआरएन बेलायतमा बिधि र विधानको कुनै हेक्का नभएको दावी गर्दै उनले अाफू निर्वाचित भएमा आर्थिक हिनामिना बारे निष्पक्ष छानविन समिति गठन गरि एनआरएन बेलायतको विबादलाई टुङगो लगाउने प्रतिबद्धता जाहेर गरे ।
एनआरएन बेलायतभित्र आर्थिक पारदर्शिताका बारेमा यसअघि गठित कार्यदलमा राइ सदस्य रहेका थिए । कार्यदलले अार्थिक अनियमितता बारे कुनै छानबिन गर्न नसकी एनअारएन युकेका केही पूर्व पदाधिकारीसितकाे बयान र इमेल ब्यबहारकाे फेहरिस्तलाइ प्रतिवेदन भनी सार्वजनिक गरेकाे थियाे ।
राइले एनआरएन बेलायतमा हुने कोठे बैठक, गुट तथा उपगुटबन्दीहरु र आर्थिक काराेबारमा आँखा लाउनेहरुको अन्त्य गरी नेपाली समुदायलाई एकजुट पार्न उम्मेदवारी दिएकाे बताएका छन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते