
लण्डन । सगरमाथा तेक्वान्दाे स्कुलका खेलकुद प्रबन्धक, संस्थापक तथा गैर आवासीय नेपाली संघ (एनआरएन )बेलायतका सल्लाहकार माष्टर राष्ट्र राईले एनआरएन बेलायतकोे आगामी १३ सेप्टेम्बरमा हुने छैंटौ अधिवेसनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एनआरएन बेलायतमा केही महत्वाकांक्षी पदाधिकारीहरुको कारण बर्बादीको संघारतिर लम्किरहेको, विगतदेखि हुँदै आएको आर्थिक अनियमितताको छानविन गरिनुपर्ने माग गर्दै संस्थालाई पारदर्शी ढंगले सञ्चालन गर्न उम्मेदवारी दिएकाे राईले बताए ।
एनआरएन बेलायतमा बिधि र विधानको कुनै हेक्का नभएको दावी गर्दै उनले अाफू निर्वाचित भएमा आर्थिक हिनामिना बारे निष्पक्ष छानविन समिति गठन गरि एनआरएन बेलायतको विबादलाई टुङगो लगाउने प्रतिबद्धता जाहेर गरे ।
एनआरएन बेलायतभित्र आर्थिक पारदर्शिताका बारेमा यसअघि गठित कार्यदलमा राइ सदस्य रहेका थिए । कार्यदलले अार्थिक अनियमितता बारे कुनै छानबिन गर्न नसकी एनअारएन युकेका केही पूर्व पदाधिकारीसितकाे बयान र इमेल ब्यबहारकाे फेहरिस्तलाइ प्रतिवेदन भनी सार्वजनिक गरेकाे थियाे ।
राइले एनआरएन बेलायतमा हुने कोठे बैठक, गुट तथा उपगुटबन्दीहरु र आर्थिक काराेबारमा आँखा लाउनेहरुको अन्त्य गरी नेपाली समुदायलाई एकजुट पार्न उम्मेदवारी दिएकाे बताएका छन्।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित