लन्डन । ०२ अगस्ट आइतबार ऊलवीचस्थित रोयल आर्टिलेरी ब्यारेकको फुटबल मैदानमा आयोजित ग्रीनवीच कप २०१५ प्रतियोगितामा मङ्गोलियन भान्जाले उपाधि जितेको छ । उक्त टिमले प्रथम स्थान सुरक्षित गरि नगद पुरस्कार १५ सय पाउण्ड, रनिङ शिल्ड र ट्रफी जित्यो । प्रतियोगितामा दोश्रो स्थान एफसी तोङ्बाले लिंदै नगद पुरस्कार ५ सय पाउण्ड र ट्रफी जितेको छ ।
ग्रीनवीच कपको पांचौ संस्करणमा यसपाली १५ टिमको सहभागिता थियो । प्रतियोगितामा तृतीय भयो प्लमस्टिड युथ क्लब । उसले नगद पुरस्कार ३०० पाउण्ड र मेडल तथा चौंथो हुने टिमले नगद पुरस्कार २५० पाउण्ड तथा मेडल जित्यो । बेलायतमा पहिलोचोटी फुटबल प्रतियोगितामा तेश्रो र चौथाें हुनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको यो पहिलो भएको आयोजकले बताएका छन् । यसैगरि उत्कृष्ट खेलाडीमा किरन राई तथा बढि गोल गर्नेमा अर्पण गुरुङ रहे ।
दक्षिणपूर्व क्षेत्रीय तमुधिं, लन्डन र नेपाली यूथ एसोसिएसन यूकेको संयुक्त आयोजनामा सम्पन्न उक्त टुर्नामेन्टमा अपेक्षा गरेभन्दा बढि प्रायोजकहरु र दर्शकहरुको बाक्लो सहभागिता रहेको आयोजकको दावी छ ।
तोकिएको समयभन्दा एकघण्टा पछि शुरु भएको टुर्नामेन्टका लागि उद्घोषकद्वय थिए योगेश गुरुङ र सुर्य गुरुङ । यस पटक रिफ्रेशमेन्ट तथा खाना व्यवस्थापन दक्षिणपूर्व लन्डन पाशा पुच गुठीले गरेको थियो ।
टुर्नामेन्ट सफल पार्न संयोजक दिपेन गुरुङ, ग्राउण्ड कन्ट्रोलमा समाजका सल्लाहकार चैन्द्रजंग गुरुङ, रेफ्रीहरुमा अलान ओनियल, रुद्र गुरुङ, लुकास र दिपेन गुरुङ, दुईवटै संस्थाका अध्यक्षहरु क्रमशः श्रीचन्द्र गुरुङ, ह्यारी गुरुङ, दुवै संस्थाका पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु र आमा समूहको अथक प्रयास थियो ।
उक्त अवसरमा रोयल ग्रीनवीच नेपाली असोसिएसनको तदर्थ समिति गठन गरिएको जनाउ संस्थाका सल्लाहकार एलएन पान्डेले दिए ।
कुमार श्रेष्ठको अध्यक्षतामा १७ जना सदस्य सहितको उक्त समितिले फाइनल प्रतियोगिता खेल्नु अघि पाशा पुचा गुठीको तर्फबाट लाखे नाच प्रदर्शन गरेको थियो । नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएपछि सम्पन्न फाइनल खेल एकदमै रोचक रहेको दर्शक प्रतिक्रिया छ ।
खेलमा प्रमुख अतिथि रोयल ग्रीनवीच बरोका मेयर काउन्सिलर नरमन अडाम्स थिए भने अन्य अतिथिहरुमा साफा डिभिजन सेक्रेटरी जेरी आर्मस्ट्रोङ, क्यानोन सेक्युरीटीका म्यानेजिङ डाइरेक्टर स्टिभ ब्राउन, तमुधिं यूकेका अध्यक्ष रामचन्द्र (सुर्य) गुरुङ, एनआरएनए बेलायतका अध्यक्ष महेन्द्र कंडेल तथा टुर्नामेन्टलाई प्रायोजन गरेका विभिन्न संस्थाका व्यक्तित्व सहभागी थिए ।
पुरस्कार वितरण समारोहलाई दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनका महासचिव सुमन गुरुङले सञ्चालन गरेका थिए । औपचारिक कार्यक्रममा नेपाली युथ एसोसिएसन यूकेका अध्यक्ष ह्यारी गुरुङले स्वागत गरे । त्यसपछि प्रमुख अतिथि, अतिथिहरु, संयोजक दिपेन गुरुङ तथा अध्यक्ष श्रीचन्द्र गुरुङको धन्यवाद ज्ञापनपछि पुरस्कार वितरण प्रमुख अतिथि तथा अन्य अतिथिहरुको बाहुलीबाट भएको थियो ।
पुरस्कार वितरणका क्रममा टुर्नामेन्टलाई प्रायोजन तथा सहयोग गरेका व्यक्तिलाई पुरस्कार तथा प्रशंसापत्रले सम्मान गरियो । यसबाहेक बडी बिल्डिङ क्षेत्रमा नेपालको धर्मश्री उपाधि सहित अनेकौं अन्तर्राष्ट्रय पुरस्कार विजेता नेपालीहरुको गौरव सानु गुरुङलाई खादा र प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।
आयोजकले अर्को वर्षको टुर्नामेन्ट आगामी ३० जुलाई २०१६ का दिन त्यही मैदानमा हुने जानकारी दिएका छन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय