लन्डन । गुल्मी जिल्ला समाज युकेले २ अगष्टमा आयोजना गरेको बार्षिक समर भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । लन्डन नजिकै मेड्स्टोनको न्यू लर्निङ्ग एकेडेमीमा सम्पन्न उक्त कार्यक्रममा बेलायतको लन्डन, अल्डर्शट, रीडिङ्, चार्ल्टन, प्लम्स्टिड, बर्मिङ्घम, नोटिङ्घम, लेस्टर,टर्न्ब्रिज लगायत दर्जनौ स्थानबाट बस बुकिङ्ग गरेर सयौं गुल्मेली तथा गैर गुल्मेली नेपाली सहभागी भए ।
८ सय भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालबाट आएका कलाकारद्वय मंजु पौडेल र प्रसाद मगरको रसिला गीतहरुले दर्शकहरुलाई उफार्यो । सांस्कृतिक आकर्षणको रुपमा रहेको गुल्मेली नौमती बाजा, गुल्मेली झ्याउरे लगायतको लोक सांस्कृतिक नाचगान हेर्दा नेपालमा लाग्ने मेला को झल्को बिर्साएको सहभागीहरुले बताएका थिए । कार्यक्रममा गुल्मी जिल्ला बाहेकका बेलायत वासी नेपालीहरुको पनि बाक्लो उपस्थिति थियो ।
खेलकुदको रुपमा भलिबल प्रतियोगितामा विभिन्न ४ समूहबीच प्रतिस्पर्धा भएको थियो जसमा जमघट परिवार प्लमस्टिडले उपाधि जित्यो । बिशेष आकर्षणको रुपमा रहेको भलिवल प्रतियोगिताको प्रतिस्पर्धा हेर्दा नेपालको पुरानो आफ्नो पालाको बिरेन्द्र शिल्डको झल्को मेटेको एक दर्शकले प्रतिक्रिया दिए । उक्त भलिबल प्रतियोगिताको संयोजन बिनोद ज्ञवालीले गरेका थिए ।
सपरिवार कार्यक्रममा पुगेका सहभागीहरु बार्बेक्यू स्वादको मज्जा लिदै भेटघाट तथा गफगाफमा दङ्ग देखिन्थे । ” पन्चे बाजाको लावा लस्कर सहित आधा दर्जन भन्दा बढी कोचबाट नेपाली भेषभुषामा सज्जित सहभागीको ताँती हेर्दा कतै यो धुमधाम बिहेको माहोल त होइन भन्ने लाग्यो” कार्यक्रम कस्तो मान्नु भयो भन्ने प्रश्नमा स्कटल्याण्डबाट कार्यक्रमकै लागी आइपुगेकी एक महिला सहभागीले बताइन् । गुल्मी जिल्ला समाज युकेले हरेक बर्ष आयोजना गर्ने यो विशिष्ट जमघटले बेलायति नेपाली माँझ चर्चा बटुल्ने गरेको छ ।
सांस्कृतिक कार्यक्रम पुर्व समाजका अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा महासचिव राम गलामी र सचिव शिव भण्डारीले कार्यक्रम सचालन गरेका थिए । एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल आतिथ्यमा भएको सो कार्यक्रममा बेलायती सेनाका लेफ्टिनेन्ट कर्णेल यमबहादुर राना र क्याप्टेन गोबन्द रानालाई विशेष सम्मानसहित अतिथी बनाइएको थियो । समाजका उपाध्यक्ष बिनोद ज्ञवालीले स्वागत मन्तब्य दिए पश्चात छोटो मन्तब्यकै क्रममा एन आर एन ए युके यूके अध्यक्ष महेन्द्र कंडेल, लेफिटनेन्ट कर्णेल यमबहादुर राना, पत्रकार ध्रुबराज अर्याल लगायतले समाजका उदाहरणीय कामको मुक्तकण्ठले सराहना गरेका थिए । उक्त अवसरमा संस्था द्वारा नेपालमा संचालित चौथो एम्बुलेन्सको लागी सघाउने सहयोगी तथा नयां आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थाको च्यारिटी रजिस्ट्रेशनमा भूमिका खेल्ने एल एन घिमिरे र मिन दर्लामीलाई समेत सम्मान गरियो ।
अध्यक्ष अर्जुन गौतमबाट औपचारिक कार्यक्रम समापनपछि सांस्कृतिक कार्यक्रम संचालन मञ्जु भण्डारीले गरेकी थिइन् । कार्यक्रमकै लागी नेपालबाट निम्त्याईएका कलाकारद्वय मंजु पौडेल र प्रसाद मगरले कर्णप्रिय दर्जनौ गीत पस्किए । अन्त्यमा गुल्मेली नौमती बाजाको प्रत्यक्ष धुन संगै सबैजना नाचमा रमाएका थिए । भित्र हलको कार्यक्रमसंगै बाहिर चौरमा भईरहेको भलिबल ,बार्बेक्यू र आपसी सामुहिक नाचगानमा रमाउनेहरु पनि अत्यधिक थिए ।
कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व तथा पत्रकारहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमको बेलायतमा रेडियो राइनो र नेपालमा रेसुङ्गा एफ एम ले प्रत्यक्ष प्रशारण गरेका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते