लण्डन । एनअारएन युकेकाे निर्वाचनकाे मिति नजिकिँदै जाँदा उम्मेदवारहरू पनि थपिँदै जान थालेका छन् ।
वर्तमान कार्य समिति सदस्य पूर्व गाेरखा सैनिक बुद्धिराम थापामगर पनि अध्यक्ष पदका लागि प्रत्याशीकाे हाेडमा थपिएका छन् ।
तनहुँ गजरकाेटमा जन्मेका थापाले १५ वर्ष गाेरखा सैन्य सेवामा बिताएका छन् । इन्जिनियरिङ प्रशिक्षक थापा नेपालमा छँदा सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय थिए । उनले फर्निचर व्यवसाय पनि गरेका थिए ।
युके अागमनपछि उनी ग्रीनवीन गाेरखा भूपू सैनिक संघकाे सन् २०१५ सम्म अध्यक्ष रहेका थिए । उनी हाल एनअारएन युकेमा सदस्य रहेका छन् ।
एनअारएन युकेलाई सस्थागत ढंगले अघि बढाउने र युकेमा रहेका हरेक नेपालीहरुमा दुख सुख दुबैमा साथ दिने अाफूले अध्यक्ष पदमा उम्मेदवारी दिएकाे उनले बताए । युकेमा रहेका नेपालीहरुकाे बेलायत तथा स्वदेश नेपालमा अाइपर्ने अप्ठ्यारा, भैपरी परेको अवस्थामा एकजुट भै सहयोग समन्वय गर्ने, आर्थिक हिसाब किताबमा चुस्त दुरुस्त राख्ने र भबिस्यमा नेपाली नागरिता सम्बधिका विषयमा गहन जिम्मेवारीका साथ उठाउन पहल गर्ने उनले अाज सार्वजनिक गरेकाे घाेषणा पत्रमा उल्लेख छ ।
मातापिताकाे प्रेरणाले समाजसेवामा लागेकाे बताउने थापा एनअारएनकाे इतिहासमा बेलायतमा सबैभन्दा पुरानो भए पनि अहिले सबैभन्दा निकम्मा परिषद हुन लागेकाले यस्ताे अवस्थालाइ लाचार भइ टुलुटुलु हेर्न नसकी अध्यक्षमा उम्मेदवारी दिएकाे प्रष्टयाउँछन् । ‘एनअारएन युकेमा यस्तो गिरोह छ । उनीहरुले यो परिषदलाइ आफ्नो पोल्टामा लुकाई राखी राख्न चाहन्छन् । आज स्थापनाकाे करिब दश वर्ष लामो समयमा यसको बैंक खाता छैन । हिसाब किताब बरबुझारथ छैन । च्यारिटीमा उठेको रकम हिनामिना छ ‘ उनले भने ।
उनले अाफू निष्पक्ष भावना बाेकेकाे व्यक्ति भएकाले सबैकाे सहयोगका लागि अनुराेध पनि गरेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते