लण्डन । एनअारएन युकेकाे निर्वाचनकाे मिति नजिकिँदै जाँदा उम्मेदवारहरू पनि थपिँदै जान थालेका छन् ।
वर्तमान कार्य समिति सदस्य पूर्व गाेरखा सैनिक बुद्धिराम थापामगर पनि अध्यक्ष पदका लागि प्रत्याशीकाे हाेडमा थपिएका छन् ।
तनहुँ गजरकाेटमा जन्मेका थापाले १५ वर्ष गाेरखा सैन्य सेवामा बिताएका छन् । इन्जिनियरिङ प्रशिक्षक थापा नेपालमा छँदा सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय थिए । उनले फर्निचर व्यवसाय पनि गरेका थिए ।
युके अागमनपछि उनी ग्रीनवीन गाेरखा भूपू सैनिक संघकाे सन् २०१५ सम्म अध्यक्ष रहेका थिए । उनी हाल एनअारएन युकेमा सदस्य रहेका छन् ।
एनअारएन युकेलाई सस्थागत ढंगले अघि बढाउने र युकेमा रहेका हरेक नेपालीहरुमा दुख सुख दुबैमा साथ दिने अाफूले अध्यक्ष पदमा उम्मेदवारी दिएकाे उनले बताए । युकेमा रहेका नेपालीहरुकाे बेलायत तथा स्वदेश नेपालमा अाइपर्ने अप्ठ्यारा, भैपरी परेको अवस्थामा एकजुट भै सहयोग समन्वय गर्ने, आर्थिक हिसाब किताबमा चुस्त दुरुस्त राख्ने र भबिस्यमा नेपाली नागरिता सम्बधिका विषयमा गहन जिम्मेवारीका साथ उठाउन पहल गर्ने उनले अाज सार्वजनिक गरेकाे घाेषणा पत्रमा उल्लेख छ ।
मातापिताकाे प्रेरणाले समाजसेवामा लागेकाे बताउने थापा एनअारएनकाे इतिहासमा बेलायतमा सबैभन्दा पुरानो भए पनि अहिले सबैभन्दा निकम्मा परिषद हुन लागेकाले यस्ताे अवस्थालाइ लाचार भइ टुलुटुलु हेर्न नसकी अध्यक्षमा उम्मेदवारी दिएकाे प्रष्टयाउँछन् । ‘एनअारएन युकेमा यस्तो गिरोह छ । उनीहरुले यो परिषदलाइ आफ्नो पोल्टामा लुकाई राखी राख्न चाहन्छन् । आज स्थापनाकाे करिब दश वर्ष लामो समयमा यसको बैंक खाता छैन । हिसाब किताब बरबुझारथ छैन । च्यारिटीमा उठेको रकम हिनामिना छ ‘ उनले भने ।
उनले अाफू निष्पक्ष भावना बाेकेकाे व्यक्ति भएकाले सबैकाे सहयोगका लागि अनुराेध पनि गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा