लन्डन । लन्डनका सक्रिय सञ्चारकर्मी कुशल श्रेष्ठ सम्मानित भएका छन् । गुल्मी जिल्ला समाज यूकेले आइतबार मेडस्टोन केन्टमा आयोजित आफ्नो वार्षिक भेलामा के के मुभिज् प्रोडक्शनका निर्देशक श्रेष्ठलाई सम्मान गरेको हो । भिडियोग्राफी, फोटोग्राफी र पत्रकारितामार्फत समाजलाई निरन्तर योगदान दिएवापत समाजका अध्यक्ष अर्जुन गौतमले उनलाई सम्मान गरेका थिए ।
श्रेष्ठको व्यवसायिक भिडियोग्राफीले अहिले उचाईं लिंदै गएको छ । उनले आधी बाटो, यूकेमै निर्मित यू टर्न जस्ता सिनेमा एवं अन्जु पन्त, यश कुमार, नवीन के भट्टराई लगायत कलाकारको दर्जन हाराहारी म्यूजिक भिडियो छायांकन एवं निर्देशन गरिसकेका छन् ।
नेपाली समुदायमाझ मात्र होइन, भारतीय, बंगाली देखि अंग्रेजी मिडियाका लागि विभिन्न विज्ञापन बनाउन काम समेत उनले गरिसकेका छन् । बीबीसीको मुटु रोग, एनएचएसको स्वास्थ्य सचेतना र टीबी रोग सम्वन्धि वृत्तचित्र समेत निर्माण गरेको अनुभव श्रेष्ठसंग छ ।
डिरेक्टर अफ फोटोग्राफी (डिओपी) श्रेष्ठले नेपाली मिडियाको प्रतिनिधित्व गर्दै केही महिना अघि लन्डनमा आयोजित मिस वोल्र्ड प्रतियोगिताको सम्पूर्ण छायांकन एवं मिस वोल्र्डको अन्तर्वार्ता समेत लिएपछि उनको थप चर्चा भएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते