लन्डन । नेपालका प्रमुख राजनीतिक दलकै झल्को दिने गरि गैर आवासीय नेपाली संघ, बेलायतको कार्यसमिति र निर्वाचन समिति २०१५ बीच मध्यरात विवादित विषयमा सहमति भएको छ । आइतबार ब्लु अर्किड रेष्टुरेन्टमा निर्वाचन समितिको अन्तरक्रिया समापनपछि लामो कसरतबीच मध्यरात २३ः४५ बजे सहमति भएको हो । अब निर्वाचन समितिले यसअघि जारी गरेको सूचना नै मान्य हुने सहमति भएको छ ।
सहमति अनुसार, अब १२ सेप्टेम्बरमा छैटौं राष्ट्रिय अधिवेशन र १३ सेप्टेम्बरमा कार्यसमिति निर्वाचन गर्ने निर्णय भएको छ । व्यापक दवावपछि इंग्ल्याण्डका ६ क्षेत्रमा निर्वाचन बुथ राख्ने सहमति समेत भएको छ । जसमा लन्डन प्लमस्टिड एक, अल्डरसट फार्नबोरो एक, लन्डन नर्थहोल्ट, ह्यारो एक, रेडिङ स्वीन्डन, अस्कोट, ब्रिस्टोल एक, आसफोर्ड, चेरिङटन एक र मिडल्याण्डमा एक बुथ राख्ने निर्णय भएको निर्वाचन समिति संयोजक डा. राघव प्रसाद धिताल (ओबिइ) ले जनाए । डा. धितालले निर्वाचन समितिको उद्देश्य कार्यसमितिसंग टक्कर वा हस्तक्षेप गर्ने नभइ निष्पक्ष, व्यवस्थित र सहज ढंगले निर्वाचन सम्पन्न गराउनु समितिको प्राथमिकता रहेको प्रष्ट्याएका थिए ।
श्रोतका अनुसार, सदस्य सचिव रामशरण सिम्खडाले एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेललाई गोप्य स्थानमा लगेर सम्झाई बुझाई गरेपछि कंडेल सहमत भएका हुन् । सिम्खडाले संघको छवि सुधार्ने हो भने आसन्न निर्वाचन निष्पक्ष र व्यवस्थित गर्न निर्वाचन समितिले चाहे बमोजिम हुनुपर्ने अडान राखेका थिए । कार्यसमितिले पटक पटक निर्वाचन र साधारणसभा मिति सार्दा बाहिर नकारात्मक सन्देश जान सक्नेबारे पनि सिम्खडाले सचेत गराएका थिए । निर्वाचन समितिको निर्देशिकालाई कार्यसमितिले कहिले बाझिने गरि उल्ट्याउने त कहिले निर्वाचन समितिलाई आलोचना गर्दै हिंड्ने परिस्थितिले केही असहज वातावरण बन्ने देखिएको थियो ।
गत शनिवार एनआरएनए यूके कार्यसमिति बैठकले निर्वाचन समितिको निर्णय बाझिने गरि जति पनि सदस्यता (खुबी हुनेले बोराका बोरा) बनाएर बुझाउन सक्ने निर्णय गरेको थियो । तर, अब निर्वाचन समितिको पूर्ववतः निर्णय बमोजिम एक व्यक्तिले बढिमा एकै घर परिवारको भएपनि दश सदस्यता फाराम भन्दा बढि पोष्ट गर्न नपाइने नियममा सहमति भएको छ । जतिपनि सदस्यता बुझाउन सक्ने नियमले अघिल्लो कार्यसमिति निर्वाचनका बेला व्यापक धांधली र पैसा हुनेले बोराका बोरा सदस्यता किनिदिएर संस्थामा विकृति भित्रिएको थियो । यसपटक भने पोष्टल भोटिङ खारेज गरिएको छ र सदस्यहरुले प्रत्यक्ष मतदान गर्नुपर्नेछ ।
सहमति बनेपछि एनआरएनए यूके अध्यक्ष कंडेलले संघको हितका लागि आफू वाधक नभएको बताउंदै विगतमा एकापसमा सहमतिबिना अघि बढ्दा दुर्घटना (संघभित्र विवाद) भएको बताएका थिए ।
यसअघि दिउसो भएको अन्तरक्रियामा अध्यक्ष लगायत पदका प्रत्यासी, संरक्षक, सल्लाहकार, पदाधिकारी लगायत अन्यले निर्वाचन कसरी गर्दा बेस होला भन्नेबारे सुझाव सल्लाह दिएका थिए । अन्तरक्रियामा निर्वाचन समितिका तर्फबाट संयोजक डा. धिताल, सदस्य सचिव सिम्खडा र सदस्यहरु पूर्ण लक्सम, विश्व आदर्श पण्डित, शिवजी श्रेष्ठ, डा. चन्द्र लक्सम्बा सहभागी थिए ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा