स्कटल्यान्ड । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ९ विकेटको भारी अन्तरले पराजित भएको छ ।
वर्षाका कारण हिजो अवरुद्ध भएपछि शनिबार भएको खेलमा नेपालले दिएको लक्ष्य स्कटल्यान्डले १४औं ओभरमा मात्र एक विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सोमपाल कामीले एक मात्र विकेट लिएका थिए ।
हिजो स्कटल्यान्डको आयरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो ।
स्कटल्यान्डले जवाफी ब्याटिङ सुरु गर्नु अगावै वर्षा सुरुभएपछि खेल तीनघण्टाका लागि स्थगित भएको थियो । डर्क वर्थ लुइस पद्धतिका आधारमा स्कटल्यान्डलाई २२ ओभरमा ११० रनको लक्ष्य दिइँदै खेल पुनः सुरु भएको थियो ।
तर, १.४ ओभरमा १५ रन बनाउँदा वर्षा सुरु भएपछि खेल फेरी अवरुद्ध भयो ।
नेपालका शरद भेषवाकरले सर्वाधिक ३० रन बनाए । त्यस्तै, वसन्त रेग्मीले १९, अविनाश कर्णले १७, उपकप्तान ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटा र प्रदीप ऐरीले १६⁄१६ रनको योगदान दिए । त्यसैगरी, कप्तान पारस खड्काले १०, अनिल मण्डलले ९, सोमपाल कामीले ७, शक्ति गौचनले ६, महेश क्षेत्रीले ३ रन मात्र जोडेको राससले जनाएको छ ।
तेस्रो र चौथो क्रममा आएका ज्ञानेन्द्र र पारस आउट भएपछि नेपालले ४१ रन जोड्दा चार विकेट गुमाउँदै खराब सुरुवात गरेको थियो । यसअघि ओपनरद्वय महेश र अनिल सस्तैमा आउट भएका थिए ।
इभान्सको बलमा आउट हुनुअघि शरदले प्रदीपसंग ३३ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरेका थिए ।
यसअघि च्याम्पियनशिपको पहिलो खेलमा नेपाल स्कटल्यान्डसंग ३ रनको झिनो अन्तरले पराजित भएको थियो ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?