स्कटल्यान्ड । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ९ विकेटको भारी अन्तरले पराजित भएको छ ।
वर्षाका कारण हिजो अवरुद्ध भएपछि शनिबार भएको खेलमा नेपालले दिएको लक्ष्य स्कटल्यान्डले १४औं ओभरमा मात्र एक विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सोमपाल कामीले एक मात्र विकेट लिएका थिए ।
हिजो स्कटल्यान्डको आयरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो ।
स्कटल्यान्डले जवाफी ब्याटिङ सुरु गर्नु अगावै वर्षा सुरुभएपछि खेल तीनघण्टाका लागि स्थगित भएको थियो । डर्क वर्थ लुइस पद्धतिका आधारमा स्कटल्यान्डलाई २२ ओभरमा ११० रनको लक्ष्य दिइँदै खेल पुनः सुरु भएको थियो ।
तर, १.४ ओभरमा १५ रन बनाउँदा वर्षा सुरु भएपछि खेल फेरी अवरुद्ध भयो ।
नेपालका शरद भेषवाकरले सर्वाधिक ३० रन बनाए । त्यस्तै, वसन्त रेग्मीले १९, अविनाश कर्णले १७, उपकप्तान ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटा र प्रदीप ऐरीले १६⁄१६ रनको योगदान दिए । त्यसैगरी, कप्तान पारस खड्काले १०, अनिल मण्डलले ९, सोमपाल कामीले ७, शक्ति गौचनले ६, महेश क्षेत्रीले ३ रन मात्र जोडेको राससले जनाएको छ ।
तेस्रो र चौथो क्रममा आएका ज्ञानेन्द्र र पारस आउट भएपछि नेपालले ४१ रन जोड्दा चार विकेट गुमाउँदै खराब सुरुवात गरेको थियो । यसअघि ओपनरद्वय महेश र अनिल सस्तैमा आउट भएका थिए ।
इभान्सको बलमा आउट हुनुअघि शरदले प्रदीपसंग ३३ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरेका थिए ।
यसअघि च्याम्पियनशिपको पहिलो खेलमा नेपाल स्कटल्यान्डसंग ३ रनको झिनो अन्तरले पराजित भएको थियो ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक