लण्डन । ग्रेटर रेडिङ नेपाली समाजले वर्षेनी आयोजना गर्दै आएको रेडिङ कपमा यस वर्षदेखि महिला फुटबल पनि समावेश गरिएको छ ।
अागामी २९ अगष्टमा रेडिङको पालमर पार्कमा हुने सो फुटबल प्रतियोगितामा महिला तर्फ प्रथम हुनेलाइृ ५०० पाउण्ड र दोस्रो हुनेलाई ३०० पाउण्ड पुरस्कार राखिएको आयोजकहरुले बताएका छन् ।
महिलाहरुलाई खेलकुदमा प्रोत्साहन गर्न यस वर्ष महिला फूटबल पनि गर्न लागेको जानकारी समाजका अध्यक्ष मानबहादुर गुरुङले दिए ।
त्यसैगरी यूथतर्फ़को विजेताले १ हजार ५०० पाउण्ड र उपविजेताले १ हजार पाउण्ड पुरस्कार पाउने छन् । भेट्रानतर्फ़ प्रथमले ५०० र दोस्रोले ३०० पाउण्ड पाउने कार्यक्रम संयोजक तथा समाजका अध्यक्ष गुरुङले बताए । महिला फूटबल मा पनि प्रथम हुने ले ५०० पाऊण्ड र दोस्रा हुने ले ३०० पाऊण्ड पाउने छन् |
लिग कम नकआउटको आधारमा हुने उक्त प्रतियोगितालाई सफल बनाउन समाजको कार्यसमितिका पदाधिकारी र सल्लाहकारहरुको संयोजनमा विभिन्न उपसमिति पनि गठन गरिएको समाजका महासचिव नव न्यौपानेले जानकारी दिए ।
करिब ४ हजार ५०० नेपाली रेडिङमा बसोबासरत रहेको बताइएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित