लन्डन । गैर आवासीय नेपाली संघ, बेलायतका अध्यक्ष महेन्द्र कंडेलले निर्वाचन समितिले गरेको काम कारवाही कार्यसमितिकै म्याण्डेट अनुरुप भएको बताएका छन् ।
अध्यक्ष पदका एक जना प्रत्यासी सूर्य नेम्वाङले निर्वाचन समितिको कामप्रति सामाजिक संजाल मार्फत आलोचना गरेपछि कंडेलले निर्वाचन समितिको बचाउ गरेका हुन् । ‘निर्वाचन समितिले गरेका काम कारवाही सबै ठिक छन्, त्यसमा हाम्रो कार्यसमितिको सहमति छ’, कंडेलले वीनेपालीसंग भने, ‘सूर्य नेम्वाङ अनुपस्थित हुनु भएकाले निर्णयका बारेमा उहांलाई जानकारी नभएको हो । कन्फ्युजन हुनुपर्ने केही कुरा छैन् ।’
श्रोतका अनुसार १ अगस्ट शनिबार बस्ने एनआरएनए यूके कार्यसमितिको बैठकमा अध्यक्ष कंडेलले सबै पदाधिकारी र सदस्यहरुलाई निर्णयबारे सम्झाउने छन् । सोका लागि कंडेलले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि आग्रह समेत गरेका छन् । ‘हामीबीचमा भएका कन्फ्युजन हटाउन शनिवार कार्यसमितिको पूर्ण बैठक बस्दैछ, कंडेलले वीनेपालीसंग भने, ‘शनिवारबाटै निर्वाचन समिति र कार्यसमितिबीचको टकरावको स्थिति रहंदैन ।’
एनआरएनए यूकेका अध्यक्ष पदका प्रत्यासी तथा वर्तमान उपाध्यक्ष नेम्वाङले निर्वाचन समितिले गरेको काम कारवाहीप्रति सामाजिक संजालमा आलोचना गरेपछि कार्यसमिति र निर्वाचन समितिबीच टकरावको स्थिति देखिएको थियो । निर्वाचन समितिका सदस्य सचिव रामशरण सिंखडाले निर्वाचन समितिका तर्फबाट एनआरएनए यूके छैठांै अधिवेशनका लागि प्रेस नोट जारी गरेपछि नाम नतोकि एक सदस्यलाई हटाउन समेत उपाध्यक्ष नेम्वाङले अध्यक्ष कडेलसंग माग गरेका थिए । नेम्वाङले सदस्यता नवीकरण र अधिवेशन १९ सेप्टेम्बरमा गर्न लागिएको विषयलाई गम्भीरतापूर्वक उठाएका थिए । ‘कार्यसमितिमा निर्णय नभएका कुराहरु निर्वाचन समितिको पे्रस नोटमा आएकाले मैले सामाजिक संजालमा कुरा उठाएको हुं’, नेम्वाङले वीनेपालीसंग भने, ‘शनिबार वैठक छ, सबै कन्फ्युजनहरु त्यहींबाट अन्त्य हुन्छ ।’
निर्वाचन समिति सदस्य सचिव सिंखडाले समिति यतिखेर निष्पक्ष निर्वाचनमा केन्द्रित रहेको बताए । ‘समाजलाई एकीकृत ढंगले अघि बढाउने बेलामा विवादमा जानु हुंदैन’, उनले वीनेपालीसंग भने, ‘कार्यसमितिले दिएको जिम्मेवारी अनुसार स्वच्छ र पारदर्शी निर्वाचन हाम्रो ‘अर्जुन दृष्टि’ हो । अन्य विषय वस्तुमा टिकाटिप्पणी गर्नु भनेको निर्वाचन सहज नगराउनु हो ।’ सदस्य सचिव सिंखडाका अनुसार अध्यक्ष कडेलसंगको लामो छलफलपछि कार्यतालिका प्रकाशित गरिएको हो ।
यता, कंडेलले कार्यसमितिमा छलफल गरि ऐतिहासिक निर्वाचनमा गराउन कार्यसमिति लागिरहेको बताए । उनले एनआरएनए यूकेको विगतको अनुभव तीतो भएकाले यस पटक आफ्नो कार्यकालको अडिट समेत अधिवेशनमा उपलव्ध गराउन लागेको बताए । त्यसका लागि कृष्ण दाहाललाई जिम्मेवारी दिन लागिएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते