लन्डन । २ अगष्ट आइतबार मेडस्टोन केन्टमा हुने गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेटघाटमा मनोरन्जन दिलाउन दुई गुल्मेली कलाकार लन्डन आइपुगेका छन् । बिहीवार सांझ हिथ्रो उत्रिएका चर्चित लोक गायक गायिका प्रसाद मगर र मन्जु पौडेललाई समाजका पदाधिकारीले स्वागत गरे । विमानस्थलको आगमन कक्षमा उनीहरुलाई अध्यक्ष अर्जुन गौतमले पुष्प गुच्छाले स्वागत गरे । सो अवसरमा संस्थाका महासचिव राम गलामी, सचिव शिव भण्डारी, कोषाध्यक्ष टोप पल्ली एवं सदस्य बीर बलाल तथा सल्लाहकार गोकर्ण बस्नेत, ओम बुढाथोकी भारसेली समाजका अध्यक्ष मेगबहादुर थापा लगायतको उपस्थिति थियो ।
लन्डन उत्रिएपछि कलाकारहरुले आफूहरुलाई बेलायत झिकाउने गुल्मी जिल्ला समाज यूकेलाई धन्यवाद दिंदै २ अगष्टको कार्यक्रममा उपस्थित भएर हौसला बढाइदिन आग्रह गरेका छन् ।
समाजले प्रत्यक वर्ष आयोजना गर्ने वार्षिक समर भेटघाट कार्यक्रममा नेपाली लोक सांस्कृतिक प्रस्तुति सहितको गुल्मेली नौमती बाजा, डम्फु मादलको धुन, लोक झ्याउरे, भलिवल लगायत अनेक मनोरन्जनात्मक गतिविधिका साथ बीबीक्यू हुने गरेको छ ।
कोषाध्यक्ष टोप पल्लीले यस बर्षको कार्यक्रममा झन्डै हजार बेलायतवासी गुल्मेली सहभागी हुने अपेक्षा गरिएको जनाए ।
महासचिव राम गलामीले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको उल्लेख गरेका छन् । उक्त भेलालाई यूकेबाट सञ्चालित अनलाइन रेडियो राइनो र गुल्मीस्थित रेसुंगा एफएमले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।
तस्विर एवं भिडियो सौजन्य ः शिव भण्डारी
http://youtu.be/2nY6k0r57pk
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते