लन्डन । नयां संविधानमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने माग देश विदेशबाट बढिरहेका बेला दि चर्च अफ स्कटल्याण्डले भने धार्मिक स्वतन्त्रतामा अंकुश लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ । उसले बेलायती विदेशीमन्त्री फिलिप ह्यामण्ड र स्कटिस् युरोप तथा अन्तर्राष्ट्रिय विकासमन्त्री हम्जा यूसाफलाई बेग्ला बेग्लै ज्ञापनपत्र दिंदै धार्मिक स्वतन्त्रता हटाइन हालै नेपालको संसदमा भएको वहसप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
पत्रमा प्रत्येक नागरिकको धर्म रोज्न पाउने मौलिक अधिकार हनन हुन लागेको प्रति चिन्ता व्यक्त गर्दै चर्चले त्यसो गरिनु संयुक्त राष्ट्रसंघको नागरिक तथा राजनीतिक अधिकार सम्वन्धि अन्तर्राष्ट्रिय महासन्धिविरुद्ध हुने पनि दावी गरेको छ । नेपालले सन् १९९१ मा उक्त महासन्धिमा हस्ताक्षर गरेको थियो ।
उक्त चर्चका मोडेरेटर डा. अन्गस मोरिसनले विश्वभर धार्मिक स्वतन्त्रतामाथि धम्की बढिरहेको उल्लेख गर्दै नेपालमा रहेका मित्र तथा आफ्ना साझेदारहरुलाई नेपाल सरकासंग धार्मिक स्वतन्त्रताका पक्षमा आवाज उठाइ नयां संविधानमा सुनिश्चित गर्न आग्रह गरेका छन् । पत्रमा अझै पनि समय बांकी रहेको उल्लेख गर्दै यसबारे पुनर्विचार गर्न आग्रह गरिएको छ ।
नेपालले अन्य धेरै गम्भीर मुद्दा सामना गरिरहेको स्मरण गराउंदै ज्ञापनमा अन्तर्राष्ट्रिय सुक्ष्म परिक्षण विना गरिने परिवर्तनले संकट निम्त्याउन सक्ने चेतावनी समेत छ ।
चर्चले यसैवर्षको अन्त्यतिर धादिङमा पुनर्निर्माण तथा पुनस्र्थापनामा सघाउन एक प्रतिनिधिमण्डल नेपाल पठाउने तयारी गरेको छ । चर्चको वोल्र्ड मिसन काउन्सिलका स्यान्डी स्नेडोनले आगामी अगष्टमा नेपाल गएर कहां काम केन्द्रित गर्ने भन्नेबारे छलफल गरिने जनाएका छन् ।
नेपाल सन् २००८ मा धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको थियो ।
उक्त चर्चले सन् १८७० मा कालिङपोङमा मिसन स्थापना भएयता नेपालसंग सम्वन्ध गांसिएको स्मरण गर्दै सन् १९५४ देखि यूनाइटेड मिसन टु नेपालमार्फत सहयोग गरिरहेको पनि जनाएको छ ।
यसअघि नेपालमा क्रिश्चियन धर्मका पक्षमा वकालत गर्दा नेपालका लागि बेलायती पूर्व राजदूत एन्ड्रियू स्पार्कस् विवादमा तानिएर राजीनामा गर्न वाध्य भएका थिए । तर, स्पार्कस्ले भने त्यो आरोपको खण्डन गर्दै आएका छन् ।
यसअघि नेपलिज हिन्दू फोरम यूकेले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै लन्डन दूतावासमार्फत प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र दिएको
थियो । हिन्दूत्व नेपालीहरुको पहिचान भएको उल्लेख गर्दै ज्ञापनमा नेपालका अल्पसंख्यक धार्मिक सम्प्रदायलाई धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने जिकिर छ ।
नेपालमा ८१ प्रतिशत भन्दा बढिले हिन्दूत्व अनुशरण गर्ने स्मरण गराउंदै ज्ञापनमा ओमकार परिवार र सनातन धर्म अनुयायी जोड्दा यो संख्या ९४ प्रतिशत पुग्ने अवगत गराइएको थियो ।
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग