‘युरोपको आप्रवासी संकट गोर्खाहरुले समाधान गर्न सक्ने’

केभिन हर्ले । तस्विरः गेट ह्याम्पसायर

केभिन हर्ले । तस्विरः गेट ह्याम्पसायर

लन्डन । युरोपमा आप्रवासी संकट चुलिरहंदा एक बेलायती वरिष्ठ प्रहरी अधिकृतले त्यसको समाधान गोर्खाहरुले गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । सरे पुलिस फोर्सका एकजना वरिष्ठ अधिकृत एवं खरो वक्ता केभिन हर्लेले गैर कानुनी रुपमा बेलायत छिरिरहेका आप्रवासीलाई गोर्खाहरुले रोक्न सक्ने बताएका हुन् । पुलिस एण्ड क्राइम कमिश्नर हर्लेले च्यानल टनेलमा गोर्खा रेजिमेन्ट राखिदिए गैर कानुनी रुपमा युरोपबाट आप्रवासी छिर्ने क्रम रोकिने विश्वास व्यक्त गरे ।

आफूलाई ‘अन्तर्राष्ट्रिय सुरक्षावीद’ बताउने हर्लेले केन्टस्थित रोयल गोर्खा राइफल्स्का ७ सय गोर्खा सैनिक सीमामा खटाइदिए समस्या तत्काल समाधान हुने उल्लेख गरेका छन् ।

लरीबाट हाम्फालेर आफ्नो क्षेत्रमा सयौंको संख्यामा गैर कानुनी आप्रवासी प्रवेश गरेको घट्नाले दिक्दार लागेको बताउंदै हर्लेले गत महिनामात्र एकसय भन्दा बढि आप्रवासी सरेतिर गायव भएको बताए ।

गोर्खाहरु निडर तथा उच्च सम्मानित सैनिक भएको प्रशंसा गर्दै आफ्नो सीमा नियन्त्रण गर्न उनीहरु नै सक्षम हुने उनको विश्वास छ ।

यतिखेर बेलायती र फ्रेन्च अधिकारीहरुलाई लरीमा लुकेर आफ्नो देशमा छिर्न खोज्ने आप्रवासीहरुलाई नियन्त्रणमा लिन हम्मे हम्मे परिरहेको छ । गत मंगलबार सांझ १५ सय आप्रवासी च्यानल टनेल छिर्न खोज्दा एकजनाको निधन भएको थियो भने सोमबार पनि करिब दुई हजार छिर्न तंछाडमछाड गरिरहेका दृश्य टेलिभिजन च्यानलले प्रसारण गरिरहेका थिए । जुन महिना यतामात्र गैर कानुनी छिर्न खोज्ने ९ जना आप्रवासीको मृत्यु भइसकेको छ ।

फ्रान्सले बुधबार एकसय २० प्रहरी अधिकृतहरु क्यालेस्थित च्यानल टनेलमा खटाएको छ । उता, बेलायती मन्त्रीहरुको हवाइटहलमा बसेको आकष्मिक कोब्रा बैठकपछि गृहमन्त्री टेरेजा मेले युरो टनेल ट्राभल कम्पनीहरुलाई ७ मिलियन पाउण्ड लगानीमा नयां सुरक्षा तारबार राख्न राजनैतिक दवाव दिएकी छिन् ।

तस्विरः गोर्खा ब्रिगेड एसोसिएसन

तस्विरः गोर्खा ब्रिगेड एसोसिएसन

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री