लन्डन । एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठीले संघको आसन्न अधिवेशनमा पुनः महासचिव लड्ने घोषणा गर्दै आफू कुनै पनि प्यानलमा नरहेको प्रष्ट्याएका छन् ।
अध्यक्षका प्रत्यासी विश्वासदीप तिगेलाले त्रिपाठीलाई आफ्नो प्यानलको महासचिवका रुपमा प्रचारप्रसार गरेका थिए । तर, त्रिपाठीले तिगेला क्याम्पमा नरहेको जिकिर गर्दै आफू कुनै पनि प्यानल वा गुट उपगुटमा नलाग्ने दाबी गरेका छन् । एनआरएनए यूकेलाई संगठित र एकजुट बनाउन गुट उपगुटभन्दा सामूहिक एकता आवश्यक रहेको उनको ठम्याइ छ ।
वर्तमान कार्यसमितिमा ६ महिनामात्र काम गर्ने अवसर पाएको उल्लेख गर्दै त्रिपाठीले कयौं अधुरा काम पुरा गर्न पुनः महासचिवमा लड्न चाहेको जनाए ।
उनले आफ्ना केही अजेन्डा समेत अगाडि सारेका छन् । भूपू गोर्खा माग पुरा गराउन नेपाल सरकारबाटै एउटा आयोग बनाउन पहल गरि आन्दोलनमा साथ दिने, एनआरएनए मन्त्रालय स्थापना गर्न पहल गर्ने, बेलायतस्थित नेपाली समुदायमाझ कल्याणकारी काम गर्ने, बेलायतमै हुर्के बढेका वालवालिकालाई नेपाली भाषा, कला संस्कृति र नेपालबारे परिचित गराउन बेग्लै प्याकेज ल्याउने, प्रवासबाट मताधिकार सुव्यवस्थित गर्न पहल गर्ने उनका अजेन्डा छन् । संघभित्रको आर्थिक हिनामिना सम्वन्धमा निष्पक्ष छानवीन गरि पूर्व अध्यक्ष योगेनबहादुर क्षेत्री नेतृत्वले हालसम्म हरहिसाव र खाता नबुझाएको भन्दै त्यसविरुद्ध कानुनी रुपमै अगाडि बढ्ने उनको दाबी छ ।
विगत १२ वर्षदेखि बेलायत बस्दै आएका त्रिपाठी पेशाले इञ्जिनियर हुन् । त्रिभुवन विश्वविद्यालयबाट कन्स्ट्रक्सन प्रोजेक्ट डिजाइन म्यानेजमेन्टमा स्नातकोत्तर उत्तिर्ण त्रिपाठी यहां विभिन्न संघसंस्थामा आवद्ध छन् । उनी नेपाली जनसम्पर्क समिति बेलायतको महामन्त्री तथा यती नेपाली एसोसिएसन यूके, कोडेक यूके, एनबीसी यूकेलगायत आधा दर्जनभन्दा बढी संघसंस्थामा सल्लाहकारको रुपमा सक्रिय छन् ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?