
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित हुनु भएको छ ।
पार्टीको ११ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको बिहीबार दिउँसो सार्वजनिक मत परिणाममा अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित हुनु भएको हो ।
उहाँले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गर्नुभएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गर्नुभएको छ । प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी हुनुभएको छभने उहाँको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी हुनुभएको छ ।
त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मततका साथ विजयी हुनुभएको छ ।
त्यसैगरी, सचिव महेश बस्नेतले १५४४मत, छविलाल विश्वकर्माले १५०६मत, पद्माकुमारी अर्यालले १५३०मत , शेरधन राईले १५०३मत , हिक्मतकुमार कार्कीले १३३७मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी हुनुभएको छ ।
विजयी र प्रतिस्पर्धीको मतसहित
अध्यक्ष
ईश्वर पोखरेल : ५६४
केपी शर्मा ओली:- १६६३ [निर्वाचित]
उपाध्यक्ष
अरुण नेपाल : ४३९
गुरु प्रसाद बराल : ११३७
गोकर्ण राज विष्ट : १३६८ [निर्वाचित]
टकं प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग :४६१
पृथ्वी सुव्वा गुरुङ : १७३७[निर्वाचित]
भिम प्रसाद आचार्य : २६५
रघु जी पन्त : १२५८[निर्वाचित]
रामबहादुर थापा बादल : १५१६[निर्वाचित]
विन्दा पाण्डे :९२१
विष्णु प्रसाद पौडेल : १६७५[निर्वाचित]
महासचिव
शंकर पोखरेल : १२२८ [निर्वाचित]
सुरेन्द्र प्रसाद पाण्डे :९९९
उपमहासचिव
आनन्दप्रसाद पोख्रेल :६३५
योगेश भट्टराई : १३४८[निर्वाचित]
रघुवीर महासेठ : १३६८[निर्वाचित]
राजेन्द्रप्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२[निर्वाचित]
विष्णुप्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
सचिव
अग्निप्रसाद खरेल : ७१६
इन्द्रलाल सापकोटा : ४०५
कर्णबहादुर थापा :८४७
कृष्णगोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१[निर्वाचित]
गोकुलप्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६[निर्वाचित]
ठाकुर प्रसाद गैरे : ८८३
पद्माकुमारी अर्याल : १५३०[निर्वाचित]
पुर्सोतम पौडेल :४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८[निर्वाचित]
महेश बस्नेत : १५३४[निर्वाचित]
यमलाल कडेल : ११८५[निर्वाचित]
रचना खड्का : ८७७
डा राजन भट्टराइ : ११८[निर्वाचित]१
लालबाबु पण्डित :७९६
विनोदप्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३[निर्वाचित]
हिक्मत कुमार कार्की १३३७[निर्वाचित]
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी